स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त – डा कोइराला
प्रकाशित मिति : २०७३, २२ माघ शनिबार २०:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, २२ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले यथास्थितिकै स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त हुने बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ को आयोजनामा ‘राजनीतिक सङ्क्रमण नेपाली काँग्रेस र अबको वाटो’ विषयक कार्यशाला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसारको स्थानीय तहको निर्वाचन गर्न अझै दुई÷तीन वर्ष लाग्ने भएकाले पुरानै स्थानीय निकायको निर्वाचन गरिनुपर्ने सुझाव दिनुभयो ।
Advertisement
संविधान कार्यान्वयनका लागि आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिनु पर्नेमा जोड दिँदै महामन्त्री डा कोइरालाले सबै निर्वाचन गराउने अभिभारा काँग्रेसको काँधमा आएको धारणा राख्नुभयो ।
मुलुकमा अब धेरै परिवर्तन गर्न बाँकी रहेको बताउँदै उहाँले राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
महामन्त्री डा कोइरालाले अब छिट्टै नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने र बैठकले केन्द्रीय समितिलाई पूर्णता दिई सबै विभागको गठन हुने जानकारी गराउनुभयो ।
महामन्त्री डा कोइरालाले सो अवसरमा प्रजातन्त्रका सेनानी लीलाभक्त आचार्य र समाजसेवी उत्तराकुमारी पालिखेलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ‘राजनीतिक सङ्क्रमण ः नेपाली काँग्रेस र अबको बाटो’, विश्व सिग्देलले नेपाली काँग्रेसको सुदृढीकरणमा नेतृत्वको भूमिका, प्रा डा रामचन्द्र पोखरेलले प्रजातन्त्रको स्थापनामा कृष्णप्रसाद कोइरालाको योगदान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व महामन्त्री तारानाथ रानाभाट, सांसदहरु यज्ञबहादुर थापा, शारदा पौडेल, पूर्व सांसद शुक्रराज शर्मा, काँग्रेस नेताहरु देवराज चालिसे, खेमराज पौडेललगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस