हेमराज स्मृति पुरस्कार विमल स्मृति पुस्तकालयलाई
प्रकाशित मिति : २०७३, २८ माघ शुक्रबार ०६:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, २८ माघ । यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार धरानको स्व विमल गुरुङ स्मृति पुस्तकालयलाई दिइने भएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा गठित प्रतिभा छनौट समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । फणीन्द्र अकिञ्चन संयोजक र वासुदेव अधिकारी तथा शिव खकुरेल समितिको सदस्य रहनुभएको थियो ।
Advertisement
प्रत्येक दुई÷दुई वर्षमा वितरण गरिने सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र रहेको छ । पुरस्कारका लागि स्व हेमराज पहारीको परिवारले रु १९ लाखको एक अक्षयकोष स्थापना गरेको स्व पहारीका धर्मपत्नी तथा प्रतिष्ठानका अध्यक्ष रीता पहारीले जानकारी दिनुभयो ।
नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सो पुरस्कारबाट सम्मान गरिँदै आएको बताइएको छ । विसं २०६९ सालमा पहिलोपटक संस्कृतिविद् सत्यमोहन जोशी र २०७१ सालमा राप्ती साहित्यिक परिषद्लाई उक्त पुरस्कार दिइएको थियो ।
हेमराज पहारीको २०६६ फागुन १७ गते लेखनाथ नगरपालिकाको विजयपुरमा सडक दुर्घटनामा परी निधन भएको थियो । सो पुरस्कार आगामी फागुन १७ गते धरानमा एक कार्यक्रम आयोजना गरी वितरण गरिने कार्यक्रम रहेको छ ।