मकैको बीउमा आत्मनिर्भर
प्रकाशित मिति : २०७३, १४ फाल्गुन शनिबार २३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाबियाचौर(म्याग्दी) १४ फागुन । मकैको बीउमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ ।मुख्य खाद्यबालीको रुपमा रहेका मकैको खेतीका लागि आवश्यकपर्ने बीउ जिल्लामै उत्पादन हुन थालेपछि बीउमा आत्मनिर्भर भएको हो ।
Advertisement
मकै खेतीका लागि वार्षिक २० मेट्रिकटन बीउ आवश्यकपर्ने म्याग्दीमा ३९ मेट्रिकटन बीउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
आन्तरिक मागको आपूर्तिपछि बाँकी बीउ लमजुङ, कास्की, तनहुँ, बागलुङ, पर्वतलगायत जिल्लामा निकासी हुन थालेको छ ।
पाँच वर्षयता म्याग्दीमा मकैको बीउ आयात नभएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए ।
म्याग्दीमा नौ हजार ८७२ हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेका छन् । गतवर्ष जिल्लामा ३१ हजार ७४६ मेट्रिकटन मकै उत्पादन भएको उनले बताए ।
जिल्लालाई खाद्यन्नबालीको बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले विसं २०६२ देखि यहाँ बिजवृद्धी कार्यक्रम सञ्चालनमा छ । कृषक बीउ उत्पादनप्रति आकर्षित भएपछि गहुँ बीउको आयात पनि घटेको बागबानी विकास अधिकृत थापाले बताए ।
कार्यालयले तोरीपानी, बगरफाँट, बाबियाचौर, हिदी, ताकम, झिँलगायतका ठाउँमा मकैबालीको विजवृद्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यहाँका कृषकलाई कार्यालयले ५० प्रतिशत अनुदानमा मनकामना तीन, मनकामना एक र अरुण एक जातको मकैको मूलबीउ उपलब्ध गराउँछ ।
उनीहरुले उत्पादन गरेको प्रथम र दोस्रो पुस्ताको बीउ खरिद गरेर अन्य ठाउँका कृषकलाई वृहत्तरमध्य पहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा वितरण गर्ने व्यवस्था मिलाएको छ ।
यसवर्ष १७ दशमलव ५ मेट्रिकटन प्रथम पुस्ताको उन्नत बीउ र ८५० केजी मूल बीउ वितरण गर्न सुरु भएको कार्यालयले जनाएको छ ।
कृषि विकास कार्यालय र त्यसका सेवा केन्द्रमार्फत बीउ वितरण गर्ने व्यवस्था मिलाएको छ । प्रतिकिलो मकैको बीउको मूल्य पचास रुपैयाँ पर्छ ।
विगत केही वर्षयता व्यावसायिक रुपमा मकैको बीउ उत्पादन गर्दै आएको घतान तोरीपानीका कृषकले बीउबाट नगद आम्दानी गर्न सफल भएका छन् । मकैको बीउ बेचेर एकजना कृषकले वर्षमा २५ हजार रुपैयासम्म आम्दानी गर्ने भगवती बीउ उत्पादक कृषक समूहका अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले बताए ।उनका अनुसार तोरीपानीका ५० घरधुरी कृषकले यस वर्ष सात मेट्रिकटन मकैको बीउ उत्पादन गरेका छन् ।