टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
प्रकाशित मिति : २०७३, २२ फाल्गुन आईतवार १८:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २२ फागुन । बाँके जिल्ला फुटबल संघले टुबोर्ग दोश्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यही फागुन २६ गते देखी चैत ४ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने प्रतियोगीताको सम्पूर्ण तयारी अन्तीम चरणमा पुगेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो। नेपालगन्जमा गत वर्ष देखि सुरु गरिएको नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताबाट सफलता प्राप्त गरेपछि यस पटक दोश्रो टुबोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनुभयो। नेपालगन्जमा हुने टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा ए डिभिजनका ८ वटा टिमको सहभागिता रहने भएको छ । सम्भावित टिममा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदि क्लब ,नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगंज ११ , ८ सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहने छ । गत बर्ष १ लाख ५१ हजार पुरस्कार राशी रहेको पुरस्कार राशीलाइ बढाएर प्रथम हुनेलाई ५ लाख र दोश्रो हुने टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।त्यस्तै प्रतियोगीको सम्पूर्ण लागत खर्च ७५ लाख हुने अनुमान गरीएको छ । प्रतियोगीताको उद्घाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठले गर्ने बताइएको छ । नेपालगन्जमा हुने टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितामा एनएलजी.ईन्सुरेन्स कम्पनिले खेलाडी, अफिसियल र रेफ्रीको दुर्घटना बिमा समेत गरेको आयोजकले जनाएको छ ।प्रतियोगीताको करिव १० हजार दर्शकले हेर्ने लक्ष्य लिइएको छ । प्रतियोगिताको प्रवेश शुल्क १ सय राखीएको छ भने सेमिफाइनलबाट २ सय बनाइने आयोजकले जनाएको छ ।
Advertisement