आज टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको महासंग्राम
प्रकाशित मिति : २०७३, २ चैत्र बुधबार २१:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।मध्यपश्चिमकै ठुलो प्रतियोगिताका रुपमा आयोजित टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको आज बिहीबार फाइनल खेल हुँदैछ । नेपालगञ्जमा संचालन हुदै आइरहेको दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकपको उपाधिका लागि काठमाडौंको सीएमजी संकटा र अग्नी रुपन्देही–११ बीच भिडन्त हुदैछ। सशस्त्र प्रहरीको एपीएफलाई २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा (१-१ ) ५ –४ गोलले पराजित गरेर सीएमजी संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनलमा पुगेको हो । यस्तै काठमाण्डौ उपत्यका बाहिरको अग्नि रुपन्देहीले नेपालकै बलियो फुटबल क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल प्रहरीलाई पराजित गर्दै फाइनल अन्तिम २ मा यात्रा गरेको हो । अग्नि रुपन्देहीले लक्ष्मी हुन्डाई मनाङ र नेपाल प्रहरीलाई समान २–१ गोलले स्तब्ध बनाएको थियो । प्रतियोगितामा अन्तिम दुइको यात्रा पुगेका दुवै सीएमजी संकटा र अग्नि रुपन्देहीले यस अघि खेलेका क्वाटरफाइनल र सेमिफाइनल खेलमा शुरुवाति अवस्थामा पछि पर्दा समेत अन्तिम अवस्थामा नतिजा उल्टाएका थिए । सीएमजी संकटा र अग्नि रुपन्देही यस वर्षमा धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एकपटक मात्रै आमने सामने भए तर उक्त भेटमा भेटमा सीएमजी संकटा २–१ बिजयी बनेको थियो । स्थानिय समर्थकको आपार माया र समर्थन पाएको अग्नि रुपन्देही उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । तर यस प्रतियोगिताको भोलि हुने फाइनलमा सीएमजी संकटामा अनुभबी खेलाडीहरु भरीभराउ हुदा अग्नि रुपन्देहीलाई भने जस्तो सजिलो नहुने अवस्था छ ।पछिल्ला संस्करण हेर्ने हो भने नेपालगञ्ज बाहिर मात्र पनि सीएमजी संकटा यस वर्षमा ६ वटा फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ,जसमा ३ वटा बिजयी र ३ वटामा पराजय बेहोरेको छ। भर्खर मात्र रुपन्देहीमा संपन्न तिल्लोतामा गोल्डकपको उपाधि पनि सीएमजी संकटाले लिएको थियो । सीएमजी संकटाका प्रशिक्षक सल्यान खड्गीले संकटाले बुटवलको तिलोत्तमा, नारायणघाटको विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जित्नुका साथै सुदूरपश्चिमको खप्तड, नवलपरासीको राइनो राइजिङ र धरानको बुढासुब्बा गोल्डकपमा फाइनलमा उपविजेता बनेको बागेश्वोरिपोष्ट डटकमलाई बताए । प्रशिक्षक खड्गीले पहिलो भन्दा दोस्रो प्रतियोगितामा खेलाडीले स्तरीय प्रदर्शन गर्न नसकेपनि टोली फाइनलमा पुगेकाले अब खेललाई सुधार गरेर उपाधि जित्ने विश्वास व्यक्त गरे । अग्नि रुपन्देही ११ ले भने यसै वर्ष अर्को एउटा उपाधि थप्ने दाउमा रहेको छ । अग्नि रुपन्देही११ ले एक महिना अघि मात्र उदयपुरको गाइघाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । अग्नि रुपन्देहीका ११ प्रशिक्षक दयाराम सापकोटाले मनाङ र प्रहरीजस्तो बलियो टोलीलाई पराजित गरेकाले खेलाडीको मनोबल उच्च रहेको छ साथै हाम्रा खेलाडीले मनाङसँग खेलेको खेल प्रदर्शन गर्न सकेमा हामीले उपाधि जित्ने प्रशिक्षक सापकोटाले बागेश्वोरिपोष्ट डटकमलाई बताए।
Advertisement