भूकम्पका कारण क्षति पुगेका नौ विद्यालयका भवन पुनःनिर्माण
प्रकाशित मिति : २०७४, १६ बैशाख शनिबार ०९:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
म्याग्दी । दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ ।जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ ।
Advertisement
त्रिचालिस दुईकोठे, छ तीनकोठे, दुई आठकोठे र सात चारकोठे भवन यसै वर्षभित्र पुनःनिर्माण गरिने लक्ष्य रहेको कार्यालयका सब–इन्जिनियर रामजय यादवले बताउनुभयो ।
कार्यालयले फर्निचरसहित दुईकोठे भवन निर्माणका लागि रु १३ लाख ५० हजार र तीनकोठेलाई रु १९ लाख ५० हजारका दरले अनुदान दिएको थियो ।
आगामी असारमा सम्पन्न गर्नुपर्ने भए पनि दग्नामको जनता मावि र मलम्परको विद्यालयमा भने अझै काम सुरु भएको छैन । पूर्वाधार योजना समयमा सम्पन्न नगर्ने विद्यालयको खाता रोक्का गरिने जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयो ।