बैशाख महिनामै तीन गाबिस खुल्ला दिसामुक्त हुने
प्रकाशित मिति : २०७४, २२ बैशाख शुक्रबार १०:३१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
भीष्म लोध/नेपालगन्ज ।बाँकेको साबिकका तीन गाबिस खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेका छन् । ५ वटा गाबिसमा मात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको जिल्लामा अहिले तीन गाबिस घोषणा गर्ने खरखरमा छन् ।
Advertisement
पछिल्लो समय खुल्ला दिसामुक्त अभियान सुस्ताएको बाँकेमा केही समय पहिले रनियापुर गाबिसलाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । सबै अभियानकर्मी सुस्ताएका कारण बिचमा केही समय अभियानले तिब्रता पाउन नसकेको सम्बन्धित सोही क्षेत्रका व्यक्तिहरुको भनाई छ ।
तर स्वयम अभियानमा लागेकाहरुले भने बजेट नहुनु र केही जिम्मेवार व्यक्तिहरुले सक्रियता नदेखाएका कारण बिचमा अभियान केही मात्रामा सुस्ताएको बताउँछन ।
अहिले पुनः सक्रिय भएको र अब छिटै गाबिसहरु घोषणा हुने पनि उनीहरुको भनाई छ । सोही क्रममा अहिले साबिकका तीन गाबिस खुल्ला दिसामुक्तको संघारमा रहेको बताईन्छ ।
तरखरमा रहेका गाबिसहरुमा जिल्लास्तरीय अनुगमबाट नै अन्तिम अवस्थामा रहेको देखिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी एव बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले बताउनुभयो ।
उहाँले घोषणा गर्ने तरखरमा रहेका तीन वटै साबिकका गाबिसहरुको अनुगमन गरिएको र गन्तीमा आउने केही घरमा शौचालय निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।
घोषणा गर्ने अन्तिम अवस्थामा बेतहनी, बनकटी र साईगाउँ गाबिस रहेका छन् । बेतहनीमा गरिएको अनुगमनबाट एक हजार छ सय ४२ घरधुरी रहेकोमा पाँच घरमा मात्र शौचालय निर्माण गर्न बाँकी रहेको देखिएको छ ।
जसमध्ये तीन घर एकदमै अट्टेरी गरेका कारण शौचालय निर्माण हुन नसकेको हो भने दुई घरमा एक दुई दिनमा निर्माण हुने स्थानीयले बताएका छन् ।
यस्तै बनकटीमा गाबिसको तीन घरमा मात्र शौचालय निर्माण हुन बाँकी रहेको देखिएको छ । हजार ५६ घरधुरी रहेको बनकटीमा यसअघि समस्या देखिएको हलबलडोलीमा पनि अहिले सबैले शौचालय निर्र्माण गरेपछि घोषणको चरणमा पुगेको हो ।
त्यस्तै साईगाउँ पनि घोषणाको अन्तिम चरणमा रहेको देखिएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख राजकुमार चौधरीले तीन वटै गाबिसको अनुगमनबाट शौचालयको अवस्था एकदमै राम्रो रहेकाले घोषणा गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो । यो गाबिसको मात्र ७ घरमा शौचालय निर्माण हुन बाँकी रहेको देखिएको छ ।
तीनै वटा गाबिसका केही घरमा मात्र शौचालय निर्माण गर्न बाँकी रहेकाले छिट्टै घोषणा गर्ने तयारी समेत गरिएको छ । अहिललेका लागि बनकटीलाई यही बैशाख २५, बेतहनीलाई २७ र साईगाउँलाई ३० गते घोषणा योजना रहेको छ ।
तर जिल्लास्तरको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको बैठकबाट भने निर्णय हुन बाँकी रहेको छ ।
सम्भवत आज बस्ने जिल्लास्तरको बैठकले यकिन मिति तोक्ने जनाइएको छ । तीन गाबिस घोषणा भएपछि अब जिल्लाका साबिकका दुई गाबिस होलिया र इन्द्रपुर मात्र घोषणा हुन बाँकी रहनेछन् ।
बेतहनी र बनकटीमा प्लान इन्टरनेशलको सहयोगमा गेरुवा ग्रामिण जागरण संघले शौचालय निर्माणको कार्यमा समन्वय तथा सहकार्य गर्दै आएको छ भने साईगाउँमा बाँके युनेस्को क्लबले समन्वय सहकार्य गर्दै आएको छ ।
यता जिल्लाका दुई मात्र गाबिस घोषणा गर्न बाँकी रहेको अवस्थासम्म भने नेपालगञ्ज उपमहानगरपालिकाका अझै धेरै वडाहरु खुल्ला दिसामुक्त हुन बाँकी रहेका छन् ।