कांग्रेसले बांकेका सवै स्थानिय तहका उम्मेदवारहरुको टुङ्गो लगायो
प्रकाशित मिति : २०७४, २७ जेष्ठ शनिबार १५:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपाली कांग्रेस बांकेले सवै उम्मेदवारको टुंगो लगाएको छ । पार्टिका बांके सभापति किरण कोईरालाका अनुसार पार्टिले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा. सुरेशकुमार कनोडिया र उप प्रमुखमा उमा थापा मगर लाई उम्मेदवार बनाएको छ ।
कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सन्जु चौधरीलाई उम्मेदवार बन्नुभएको छ ।यसैगरी ६ वटै गाउपालिकाको उम्मेदवार पनि टुंगो लागेको छ ।
खजुरा गाउपालिकाको अध्यक्षमा नक्कि खा, उपाध्यक्षमा दिपा आले, वैजनाथ गाउपालिकाको अध्यक्षमा देव वहादुर खत्रि र उपाध्यक्षमा भावना चौधरी, राप्तीसोनारी गाउपालिकाको अध्यक्षमा लाहुराम थारु र उपाध्यक्षमा धनी कुमारी खत्रि उम्मेदवार बन्नु भएको छ । यसैगरी जानकि गाउपालिकाको अध्यक्षमा छब्बन खा र उपाध्यक्षमा राम प्यारी यादव र नरैनापुर गाउपालिको अध्यक्षमा राम चन्द्र मौर्य र उपमेयरमा अतिकुन्नीसा उम्मेदवार बन्नु भएको छ ।
उम्मेदवारको टुंगो लागेको भनिएपनि केहि असन्तुष्ट पक्षले पार्टि केन्द्रिय कार्यालयमा धर्ना दिएकाले आफुहरु आधिकारिक घोषणा पर्खेर बसेको उपमहानगरपालिकाका उप मेयर पदकका उम्मेदवार उमा थापाले बताउनुभयो ।
Advertisement