नेपालगन्जमा आजदेखि दुई दिने शैक्षिक मेला सुरु
प्रकाशित मिति : २०७४, ४ श्रावण बुधबार १३:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज: नेपालगन्जमा आजदेखि दुई दिने शैक्षिक मेला सुरु भएको छ । नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति वहस कार्यक्रम नाम दिइएको उक्त मेला विजनेश प्लस टेलिभिजनको आयोजनामा सुरु भएको हो । विद्यार्थीहरु राजधानी केन्द्रित हुँदा मोफसलमा भएको शैक्षिक लगानीले उचित प्रतिफल दिन नसकेको अवस्थालाई दृष्टिगत गर्दै काठमाडौं बाहिरका कलेज एवम् शिक्षण संस्थाबारे जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको एजुकेशन फेयरका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले जानकारी दिनुभयो । शैक्षिक मेलामा विभिन्न विश्वविद्यालय र कलेजका गरी जम्मा ३० वटा स्टल छन् । स्थानीय सिद्धार्थ कटेजमा जारी मेला साँझ ६ बजेसम्म चल्नेछ । मेलामा विद्यार्थी, शिक्षक, अभिभावक लगायतको सहभागिता रहेको छ ।
Advertisement