चुनावपछि सबै जाति, वर्ग र समुदायको उत्थानः उम्मेदवार खत्री
प्रकाशित मिति : २०७४, १२ मंसिर मंगलवार १८:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज १२ मंसिर ।
Advertisement
लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधी सभा–१ बाँकेका उम्मेदवार माधवराम खत्रीले चुनावपछि सबै जाती, वर्ग र समुदायको उत्थान हुने बताएका छन् । नयाँ संविधानमा सबै जाती, वर्ग र समुदायको अधिकार सुनिश्चित भएपनि व्यवहारिक रुपमा अनुभुती गर्न नसकेको औल्याउँदै चुनावपछि सबैको उत्थान हुने धारणा राखे ।
कोहलपुर नगरपालिका वडा नम्बर १० मा मंगलबार मतदातालाई भेटघाट गर्दै उम्मेदवार खत्रीले लोकतन्त्रमा मात्रै सबै जाती, वर्ग र समुदायको अधिकार स्थापित हुने बताए । यसपटकको चुनाव लोकतन्त्र संस्थागत गर्ने र साम्यवाद ल्याउने शक्ती बीचको लडाई भएको स्मरण गराउँदै भने, ‘यदी तपाईहरु लोकतन्त्रको पक्षधर हुनुहुन्छ, त्यसकारण यसपटक लोकतान्त्रिक गठबन्धनलाई भारी मतले विजयी गराउनुस् ।’ घरदैलोका क्रममा भेटिएका ब्राम्हण, क्षेत्री, दलित र थारु समुदायका मतदाताले लोकतन्त्रलाई संस्थागत गर्नकै लागी आफुहरुले लोकतान्त्रिक गठबन्धनलाई भोट दिने बताएका थिए ।
सो क्रममा उनीहरुले सडक, नाला लगायत समस्या रहेको सुनाएका थिए । विगतमा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका माओबादी र एमालेका सांसदले विकास भन्दा पार्टीमुखी बजेट परिचालन गरेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टी पोखेका थिए । सो क्रममा प्रतिनिधी सभा उम्मेदवार खत्री र प्रदेश सभा–१ ‘ख’ का उम्मेदवार नारायणप्रसाद गौडेलले कोहलपुर क्षेत्रको विकासमा नगरपालिका र वडापालिकाले गर्न नसकेका बाँकी काम आफुहरुले गर्ने प्रतिवद्धता जनाए । क्षेत्र नम्बर १ अन्र्तगत पर्ने प्रदेश सभा–१ ‘क’ का उम्मेदवार सरदचन्द्र बर्मा पनि मंगलबार राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न ठाउँमा घरदैलोमा व्यस्त भए ।