नायिका रेखा थापा आज नेपालगन्ज आउदै
प्रकाशित मिति : २०७४, ७ पुष शुक्रबार १०:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ७ पुस । पटक पटक सांस्कृतिक कार्यक्रममा आउने गरेकी कलाकार रेखा थापा छुट्टै अभियान लिएर नेपालगन्ज पुगेकी छन् । फिल्म क्षेत्रकी हस्ती नायिका रेखा बाल विवाह विरुद्धको अभियानका लागि नेपालगन्ज पुगेकी हुन् ।
Advertisement
नेपालगन्जमा बाल विवाह अन्त्यका लागि आज शुक्रबार संकल्प सम्मेलन हुंदैछ । नितान्त फरक ढंगले आयोजना गरिएको यो कार्यक्रमका लागि युवा उत्प्रेरक नर बहादुर कार्कीले नायिका रेखा थापालाई अभियानसँग जोडेर नेपालगन्ज ल्याएका हुन् ।
कार्यक्रमको निम्ता पाए देखि नै निकै उत्साहित देखिएकी रेखाले यस्तो कार्यक्रममा सहभागी हुनपाएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत खुसी ब्यक्त गरेकी छन् । उनले कार्यक्रमको निम्तो फेसवुकमा पोष्ट गर्दै भनेकी छन् , ‘कति राम्रो अभियान शुभ कामना सफल रहोस् ।’
कार्यक्रम बारे रेखाले आफ्नो विचार पनि फेसबुकमा पोष्ट गरिसकेकी छन् । ‘सम्झिंदा भर्खरै केही गरु जस्तो लाग्ने बिषय हो हजारौ छोरीहरुले बाल विवाहको कारण गुमाएका सपनाहरु । अनि त्यत्तिकै सजिलो छ, टाउको बेटारेर, यो मेरो टाउको दुख्ने बिषय होइन भन्न’, अभियानलाई सामाजिक जिम्मेवारीका रुपमा लिन आव्हान गर्दै रेखाले भनेकी छन्,
‘आफ्नी छोरी चेलीको सुन्दर दुनियाँ छ, किन म असम्भव पहाड धकेल्न लाग्नु १ यो गर्ने सरकार र जिम्मेवार निकायले हो १ आदी इत्यादी चित्त बुझाउने थुप्रै तर्क नभेटिने होइनन् ।
तर सर्वाधिक अहम प्रश्न यो हो कि, हाम्रो पुस्ता साझा सवालका निम्ति उभिने रोजाइ लिन्छ वा बाँकी छोडेर जान्छ आउने पुसताको निम्ति अनुत्तरित प्रश्नहरुरु ’
नायिका रेखाले कार्यक्रमलाई उच्च महत्व दिंदै भनेकी छन्, ‘आउनुस् यो अभियानको महत्वपूर्ण हिस्सा बन्नुहोस् ।’ ‘साठी बर्षको हुँदा यो कुरामा गर्व गर्न चाहन्छु कि मैले आफ्नो हजार दिन जिन्दगी ति छोरीको सवालमा निस्वार्थ हिंडे र रुपान्तरणको हिस्सा बनें जस्को परिणाम लाखौं सपना र जिन्दगीहरु गर्व गर्छन् नेपाली भएर जन्मिनुमा ।
गर्व गर्छन्, उनीहरुका बुवा आमा र यो देशको चेतना प्रति । आउनु होस्, यो लामो र पवित्र यात्राको हिस्सा बन्नुहोस् ।’कार्यक्रम आज ११ बजेबाट नेपालगन्जको कारकादोमा रहेको सडक डिभिजनको परिसरमा हुदै छ ।