डुडुवा गाउँपालिकाको आवश्यक पूर्वाधार विकास निमार्णको योजना सुरु
प्रकाशित मिति : २०७४, ९ चैत्र शुक्रबार २०:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,९ चैत्र। बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय तहमा आवश्यक पूर्वाधार विकास निमार्णको योजना सुरु गरेको छ । आर्थिक वर्षको अन्त्य नजिकिदै गरेपछि योजना बनाइएका सम्पूर्ण काम हरु उपभोक्ता समितिमार्फत निर्माण प्रक्रिया थालनी गरेको छ ।
Advertisement
गाउँपालिकाको प्रथम गाउँसभाले पारित गरेको ७४ वटा योजनाको काम सुरु भएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी बताए । पहिलो सभामा प्रस्ताव पेश भएका आयोजनाहरु तत्काल अगाडि बढाउने भन्दै निर्माण समितिमार्फत कामको थालनी गरेको हो । उनका अनुसारु डडुवा गाउँपालिकाका ६ वटै वडामा सडक, पिसिसि, नाली निमार्ण, माटो पटान, ग्राबेल, कल्भर्ट पुल निमार्ण, खानेपानी, सार्वजनिक शौचालय, वाउण्ड्री निमार्ण लगायतका योजनाहरु रहेका छन् ।
गाउँपालिकाको ६ वटै वडामा एक साथ काम सुरु भएको छ । गाउँपालिकाले खरिद गरेको आफ्नै विभिन्न यन्त्रिक मेसिनद्धारा निमार्ण गर्न थालिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागी छुट्टाइएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा अघि बढेको हो । सानादेखि ठुला सबै योजना निमार्णका लागि उपभोक्ता समिति बनाएर कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।