नेपालगञ्जमा नर्वदेश्वर महादेव मन्दिरको स्थापना
प्रकाशित मिति : २०७५, १२ बैशाख बुधबार १४:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १२ बैशाख। नेपालगञ्जमा स्थापीत नर्वदेश्वर महादेव मन्दिरको विधिवत स्थापनासँगै पुजा पाठको व्यापक तयारी गरिएको छ । नेपालगञ्ज वडा न ४ र २ को सीमा न्यूरोड वौद्ध गुम्वासँगैको एक कठठा १४ धुरमा रहेको नर्वदेश्वर मन्दिर नेपालमै पहिलो मन्दिरका रुपमा रहनेछ । अपुरो रहेको निर्माण कार्य ०७४ असारदेखि समाजसेवी श्याम कुमार शर्माको अगुवाईमा शुरु भई हालै सकिएको हो ।
Advertisement
नर्वदेश्वर मन्दिर निर्माण संरक्षण सम्वद्र्धन समिमिार्फत करिव १६ लाखमा मन्दिर संरचना निर्माण भएको छ भने अझै ९ लाख लाग्ने अनुमान गरिएको छ । भोली बिहीबार विहान मन्दिरबाट कलश यात्रा निकाल्ने, नर्वदेश्वर महादेवको शिवालिङ स्थापना गर्ने, पर्सि अपरान्ह भण्डारा गरेर मुर्तीको प्राण प्रतिष्ठा गरि उदघाटन गरिने आयोजकले जनाएको छ । नर्मदा नदीमा पाइने लाखौं पत्थर मध्ये दुर्लभ मानीएको पत्थरबाट स्वयं निर्मीत शिवलिंगलाई भगवान नर्वदेश्वर शिवका रुपमा मानेर पुजा गरिने गरिन्छ । समितीले आज पत्रकार सम्मेलन गरेर मन्दिर स्थापना गर्दाको अनुभव, खर्च र आगामी कार्ययोजना बारे प्रकाश पारेको छ । समितिका अध्यक्ष श्याम कुमार शर्माले दैनिक तथा विशेष पुजासँगै मन्दिरलाई सुन्दर, व्यवस्थित गर्न अक्षयकोष पनि निर्माण गरिने जनाउनु भयो । मन्दिर निर्माणको कार्य जारी रहेकोले शर्माले आर्थिक सहयोगका लागि समेत सबैमा अपील गर्नु भयो ।