डुडुवा गाउँपालिकाद्धारा विकास साझेदारसंग छलफल "सहयोग र साझेदारीको आवश्यकता "
"सहयोग र साझेदारीको आवश्यकता "
प्रकाशित मिति : २०७५, १९ बैशाख बुधबार १९:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, १९ बैशाख । बाँकेको डुडुवा गाउँपालिकाले विकासमा साझेदारका लागि विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुसंग आज छलफल गरेको छ । विभिन्न विकासे साझेदारसंगको बैठकमा गाउँपालिकाका निति तथा कार्यक्रमसंग मेल खाने विषयमा साझेदारी गरि काम गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, र विपत व्यवस्थापनको मुख्य समस्या रहेकाले सो क्षेत्रमा आवश्यक पहलका लागि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयोडुडुवा बाढी प्रभावित क्षेत्र हो, यहा बर्षेनी समस्या आउछ, त्यसैले यस क्षेत्रमा विशेष सहयोग तथा समाधानका लागि दिर्घकालिन योजनाको आवश्यकता छ ।
गाउँपालिकाले नमूनाको रुपमा शिक्षा, स्वास्थ्य र पशु स्वास्थ्यमा विशेष अभियानको शुरुवात गरेकाले यसलाई पुर्ण रुप दिन थुप्रै चुनौती भएको उहाँले बताउनुभयो । सो अभियानमा यहाँहरुको सहयोग र साथ पाएमा सफल हुने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
सो अवसरमा सहभागि विभिन्न संस्थाका प्रमुख प्रतिनिधीले डुडुवामा आफुहरुले संचालन गरेका विभिन्न परियोजनाबारे जानकारी गराउदै गाउँपालिकाको निति तथा कार्यक्रमलाई आगामी वार्षिक कार्ययोजनामा समाबेश गर्ने प्रतिबद्धता गरेका थिए ।
उनीहरुले गाउँपालिकालाई चाहिने विषयगत विभिन्न प्राविधिक सहयोग तथा परामर्श समय समयमा उपलब्ध गराउने बताएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा वानौ, वडाध्यक्षहरु पटेश्वर कुर्मी, भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेल लगायतले बोल्नु भएको थियो ।
बैठकमा वडासचिव देवीलाल चौलागाईले गाउँपालिकाको कार्यप्रगति, भावी कार्ययोजना, चुनौती र समस्याका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडासचिव मानबहादुर बोगटीले गर्नुभएको थियो ।
अन्र्तराष्ट्रिय गैरसरकारी निकायहरु अहिले जिल्लामा बढी लगानी गरेकाले सम्वन्धित विषय र क्षेत्रमा गरिएको लगानीले फलदायी बन्न र गाउँपालिकामा रहेका विभिन्न समस्यालाई समाधानका लागि चाहिने सहयोगका लागि समन्वयात्मक बैठक गरिएको हो । कार्यक्रममा बाँकेमा रहेका करिब दुई दर्जन बढी अन्र्तराष्ट्रिय गैससका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
Advertisement