डुडुवा पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
प्रकाशित मिति : २०७५, ९ असार शनिबार २३:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवागाऊपालिका(नेपालगन्ज),९ असार। बाँकेको डुडुवा गाउँपालिकालाई शनिबार पुर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ । एक समारोहका विच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले सो घोषणा गरेका हुन ।
उनले बालबालिकाहरुका लागि खोप अमृत भएकाले यसलाई कहिलै पनि छुटाउन नहुने बताउदै खोप कार्यक्रमलाई सफल बनाउनमा महिला स्वास्थ्य स्वयम्सेविकाको प्रमुख दायित्व भएकाले उनीहरुको सम्मान र जनसेवा नै पारिश्रमिक भएको बताउदै उनीहरुको मेहन र समाजसेवाको स्थानीय सरकारले उच्च कदर गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको पहिलो प्राथमिकतामा स्वास्थ्य रहेकाले घरघरमा स्वास्थ्य अभियानमार्फत स्वास्थ्य अवस्थामा सुधार ल्याउने दाबी गर्दै भने–गाउँपालिकामा जति नीति ल्याए पनि घर घरसम्म सेवाको पूहच भएन भने त्यो कहिल ैपनि प्रभावकारी हुदैन ।
घोषणा सभामा जिल्ला जनस्वस्थ्यका निमित्त प्रमुख प्रेमबहादुर केसी, गाउँपालिका उपाध्यक्ष साहिदा वानौ, वडाध्यक्ष भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, नेपाली कांग्रेसका हरि रेउले, सुहाराका शिवशंकर चौबे लगायतले बोलेका थिए ।
त्यस अवसरमा पुर्ण खोप घोषणा कार्यक्रममा सहयोग पुरयाएका स्वयम्सेविका, कर्मचारी, जनप्रतिनिधी, स्थानीय र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले पुर्ण खोप घोषणाको अवस्था तथा समग्र गाउँपालिकामा स्वास्थ्यको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस अवसरमा गाउँपालिका अन्र्तगत ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई स–साम्मान विदाई गरिएको थियो । ६० वर्ष पुगको र स्व–इच्छाले विदाई लिएका वडा नंं २ का सुन्दरा लोनिया र जन्नतुल सल्मानी र वडा नं. ६ का जाहिरा वेगमलाई नगद २० हजारका दरले रकम प्रदान गरि सम्मानपत्र सहित विदाई गरिएको थियो ।
गाउँपालिकामा खोप सेवा लिने जन्मदेखि १ वर्षका बालबालिकाको संख्या १ हजार १ सय ९ जना रहेको छ । सबै बालबालिकाहरुलाई आधारभुत पुर्ण खोप सुविधामा पहुँच पुरयाउने राष्ट्रिय लक्ष्य अनुसार गाउँपालिकामा सबैले खोप लगाई सकेको स्वास्थ्य संयोजक बुढाले बताए।
Advertisement