नेपालगन्जमा प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०७५, १६ भाद्र शनिबार १८:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,१६ भदौ।नेपालगन्जमा शनिवार ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।१ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा, वर्दियाकी अन्जु स्मारिका, जाजरकोटका क्षीतिज समर्पण र कोहलपुरकी नमीता बरालले आफ्ना उत्कृष्ठ ८–८ वटा गजलहरु सुनाउनुभयो ।बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख र जाजरकोटबाट गजल सुन्न करिब १ सय गजल पारखिहरु नेपालगन्ज पुगेका थिए । वरिष्ठ उर्दु सायर अब्दुल लतिफ शौकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४ जना गजलकारहरुले सुनाएका गजलहरु वर्तमान समयका उत्कृष्ठ गजलहरु रहेको गजलकार खगेन्द्र गिरि कोपिलाले बताउनुभयो ।कार्यक्रममा उपस्थित प्राज्ञ हरि तिमिल्सेनाले पछिल्लो पुस्ता गजल विधालाई नेपाली साहित्यको एक लोकप्रिय विधा बनाउने बाटोमा कटिबद्ध रहेको आफुले महसुस गरेको प्रतिक्रिया दिनुभयो।मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले हरेक वर्ष उत्कृष्ठ गजलकारहरुको विशेष गजलवाचन कार्यक्रम गर्दै आएको छ ।
Advertisement