नेपालगन्जमा भदौ २५ गतेदेख ३० गतेसम्म तिज विशेष साँस्कृतिक महोत्सव हुने
प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार २३:१२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२० भदौ।नेपालगन्जमा भदौ २५ गतेदेख ३० गतेसम्म चर्चित राष्ट्रिय कलाकारहरुको उपश्थितिमा तिजविशेष साँस्कृतिक महोत्सव हुने भएको छ । शिक्षाका लागि सामाजिक जागरण सेफ नेपालको आयोजना एवं अनुग्रह सेक्युरिटि सर्भिसेज प्रा.ली. को मुख्य आर्थिक लगानी, व्यवस्थापन र संयोजनमा उक्त महोत्सव हुने भएको हो ।
Advertisement
महोत्सववारे जानकारी दिन बुधबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सेफ नेपालका अध्यक्ष सुकलाल नेपालीले बादि समुदायका बालबालीकाको उच्च शिक्षाका लागि आर्थिक संकलन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा अभिनेता विराज भट्ट, अभिनेत्रि स्वेता खड्का, गायक गायिकाहरु पुर्णकला विसि, राधिका हमाल, गोपाल नेपाल जिएम, टंक तिमिल्सेना, ज्योती मगर, दुर्गेश थापा, बालगायक अशोक दर्जी एवं स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सवका व्यवस्थापन संयोजक रामगोपाल गुप्ताले जानकारी दिनुभयो । महोत्सवको मुख्य आकर्षणका रुपमा सामुहिक नृत्य प्रतियोगिता समेत रहने आयोजकले जनाएको छ । दर्शकहरुको भोटका माध्यमबाट विजेता घोषित गरिने प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खुला चौरमा उक्त महोत्सव हुनेछ ।