नेपालगञ्जको वडा नम्बर ४ मा तीज विशेष कार्यक्रम मनाईयो
प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार ११:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, २८ भदौ । शिव पार्वति मन्दिर निर्माण तथा संरक्षण समिति वडा नम्बर ४ नेपालगञ्जले तीज विशेष कार्यक्रम गरेको छ । मन्दिर परिसरमै रहेको योगा हलमा बुधबार गरिएको तीज विशेष कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहना, कार्यपालिका सदस्य इन्दिरा शाही, समाजसेवी मोहम्मद सलिम मुसलमान, रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरी लगायतको उपस्थिति रहेको थियो ।
Advertisement
वडा नम्बर ४ का महिलाहरुका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै मेयर डा.राणाले तीज संस्कृतिको संरक्षण र ब्रतालु महिलाहरुको जमघट र प्रोत्साहनका लागि यस्ता खाले कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । पछिल्लो समय हिन्दु धर्ममाथि प्रहार भइरहेको भन्दै उहाँले धर्म संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि पनि सबै सजग हुनुपर्ने उल्लेख गर्नुभयो । राप्रपाका युवा नेता देवकोटाले तीजसंगै हिन्दु धर्माबलम्बीहरुका अन्य चाडपर्व र संस्कृतिहरु संरक्षणका लागि प्रतिबद्ध हुनुपर्ने बेला आएको बताउनुभयो । वडा नम्बर ४ का अध्यक्ष बेहनाले वडाबासी महिलाहरुलाई एकै थलोमा जमघट गराएर सुखदुख साट्दै नाचगानमा रमाउने वातावरणका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यपालिका सदस्य इन्दिरा शाहीले तीज संस्कृतिको संरक्षण र महिला दिदीबहिनीहरुको रमाइलो का लागि कार्यक्रम गरिएको बताउनुभयो । त्यस अवसरमा मन्दिर निर्माणस्थलमा भवन निर्माणको शिलान्यास पनि मेयर डा.राणाले गर्नुभएको थियो । राति अबेरसम्म भएकोनाचगान कार्यक्रममा वडाका थुप्रै महिलाहरु सहभागी भएको समाजसेबी एबम तीज बिशेष कार्यक्रमकि संयोजक पिँकी शाहले बताउनु भयो।