राइजिङ युथ फाउन्डेसन नेपालगन्ज सामाजिक कार्यमा अगाडी
प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार २०:३६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।राइजिङ युथ फाउन्डेसन नेपालगन्जले सुर्खेतमा स्रहानिय कार्य गरेको छ। फाउन्डेसनले सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ शान्तिनगर झुप्रा बस्तिमा बस्ने असहाय ब्यक्तीहरुलाई न्यनो कपडा वितरण गरेको छ।
Advertisement
बस्तीका १२० घर धुरिमा कपडा बितरण गरेर संस्थाका सद्स्यहरु नेपालगन्ज फर्किएको सस्थाका उपाध्यक्ष प्रतीक गडतौलाले जानकारी दिएका छन् ।बस्तीका असहाय परिवारलाइ न्यानो कपडा वितरण कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ ले समेत सहकार्य गरेको फाउन्डेसनकी सद्स्य सृजना ओरले बताइन् । नेपालगन्जबाट सहयोगका लागी गएको टोलीलाई अन्य ब्यक्तिहरुले समेत सहयोग गरेका थिए।
फाउन्डेसनले बिरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ सहयोग गरेका वडा अध्यक्ष श्री नन्दलाल शर्मा र वडा सचिव श्री हृदय राम ढकाल लगायत सवैलाइ धन्याबाद समेत दिएको छ।
न्यानो कपडा वितरण कार्यक्रममा फाउन्डेसनका सङगम शर्मा,श्रेया ज्ञवाली,श्रुची छेत्री , रोजिना अधिकारी,सन्देश आचार्य,अमृत जङ्ग डागी,सन्दीप सापकोटा,रोयल फिरोज लगायत अनिशु श्रेष्ठको सहभागिता रहेको फाउन्डेसनकि सद्स्य सृजना ओरले बताइन् ।
२०७३ सालमा स्थापना भएको राइजिङ युथ फाउन्डेसन नेपालगन्जले सुर्खेतमा मात्रै नभई नेपालगन्ज,बर्दिया लगायत अन्य जिल्लामा समेत सहयोग कार्यक्रम गरिसकेको छ। फाउन्डेसनले नेपालगन्जको बागेश्वरी मन्दिर,निलसागर बृद्दा आश्रम, बल बहादुर बिक लगायत थुप्रै रक्तदान कार्यक्रम गरिसकेको सस्थाका उपाध्यक्ष गडतौलाले बताए।