कुष्ठरोग निवारण संघ नेपालगन्जको नवनिर्मीत भवनको उदघाटन
प्रकाशित मिति : २०७५, २८ माघ सोमबार १८:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपाल कुष्ठरोग निवारण संघ नेपालगन्जको नवनिर्मीत भवनको सोमबार उदघाटन भएको छ । विस २०४२ सालमा स्थापना भएको नेपालगन्ज शाखाको सोमबार एक कार्यक्रमका विच नेपालगन्ज उपमहानगरपालीका वडा नं १८ कारकादोमा निर्मीत ६ वटा कोठासहितको भवन संघका केन्द्रिय अध्यक्ष डा. सुर्यप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएकोे छ ।
Advertisement
३० लाख रुपैयाको लागतमा भवन निर्माण गरीएको शाखाका अध्यक्ष डा.जीराज शाक्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार, ती भवनलाई व्यवसाय गर्नका लागी भाडामा दिइने र भाडाबापत आएको रकमले कुष्ठरोग पिडितलाई सहयोग गर्ने उद्येश्य छ । भारतबाट पनि उपचारका लागी नेपालगन्ज आउने गरेकाले हाल बाँकेमा ३२ जना कुष्ठरोगी रहेको उहाँले जानकारी दिनुभयो ।
कुष्ठरोग पिडित परीवारका ९ जना बालबालीकालाई अहिले संघले उच्च शिक्षा अध्ययनका लागी सहयोग गरीरहेको उहाँले बताउनुभयो। अझै पनि कुष्ठरोगी लुकेर रहने गरेका कारण समस्या रहेको उहाँको भनाई छ ।
संघले हाल बाँके, बर्दिया र दांगका कुष्ठप्रभावित परीवारलाई सहयोग गरीरहेको जनाएको छ । कार्यक्रममा ५ नं प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, संघका महासचिव डा. रामकुमार श्रेष्ठ लगायतले कुष्ठरोग निवारणका लागी सहयोग पु¥याउन सवैमा आग्रह गरेका छन् । सन् २०१० मा देशबाटै कुष्ठरोग नियन्त्रण भइसकेको घोषणा गरेको सरकारले सन् २०२० सम्म कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ ।
साथै, संस्थामा आवद्ध, कुष्ठरोग निवारणमा सहयोग पु¥याउने दर्जन वढि व्यक्तिहरुलाई सम्मान पनि गरीएको छ ।