नेपालगञ्ज हेल्थ क्याम्पसले मनायो १२औं बार्षिकोत्सब
प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार १७:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित नेपालगञ्ज हेल्थ क्याम्पसले १२औं बार्षिकोत्सब मनाएको छ। क्याम्पस प्रांगणमा आज आयोजित कार्यक्रममा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुको स्वागत गरिनुका साथै अध्ययन सकेर जान थालेका विद्यार्थीहरुलाई विदाई पनि गरिएको थियो ।
Advertisement
कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक एवम् पूर्व सभासद् मैकुलाल बाल्मिकीले प्राविधिक जनशक्ति उत्पादनमा क्याम्पसले उल्लेखनीय भूमिका खेलेको बताउँदै अझै समयसापेक्ष र व्यवहारिक शिक्षा, ज्ञान तथा सीप प्रदान गर्न क्याम्पस पर्यत्नशील रहेको बताउनुभयो । उहाँले प्रत्येक बर्ष क्याम्पसले १२ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिरहेको जानकारी दिँदै हालसम्म करिब १ करोड बराबरको छात्रबृत्ति दिइएको बताउनुभयो । कार्यक्रममा क्याम्पस प्रमुख प्रभाकर मिश्र, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, विद्यार्थीहरु टेक बहादुर बुढा, मञ्जु रोका मगर, इन्द्रा देवकोटा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
त्यस क्रममा विद्यार्थीहरुले विभिन्न नृत्य पनि प्रस्तुत गरेका थिए । हाल ३ सय ३० जना विद्यार्थी अध्ययनरत नेपालगञ्ज हेल्थ क्याम्पसमा पिसिएल ल्याब ३ बर्षे, १८ महिने ल्याब टेक्निसियन र ३ बर्षे फार्मेसी पढाई हुँदै आएको छ ।