नेपालगन्जको वडा नम्बर २२ मा शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन सम्मान कार्यक्रम
प्रकाशित मिति : २०७६, ४ बैशाख बुधबार २२:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज।शौक्षिक सत्र २०७५ मा कक्षामा उत्कृष्ठ तथा जेहेनदार विद्यार्थी तथा शिक्षकहरुलाई प्रोत्साहनको लागि आज शिक्षक तथा विद्यार्थी प्रोत्साहन कार्यक्रममा सम्मान गरिएकोछ ।
नेपालगञ्ज उप महानगरपालिका २२ नं. वडा कार्यालयले पुरैनीको किंगरियनपुर्वामा रहेको श्री नेपाल राष्ट्रिय प्रथामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई वडा अध्यक्ष विद्या राम बर्माले प्रमाण पत्र तथा पुरुस्कारबाट सम्मान गर्नु भएकोछ ।
Advertisement
२२ नं. वडा कार्यालयको सहयोगमा श्री नेपाल राष्ट्रिय प्राविले आयोजना गरेको कार्यक्रममा कक्षा १ देखि ५ सम्मा वार्षिक परीक्षामा प्रथम, द्धितिय तथा तृतीय स्थान र विभिन्न विधाहरुमा उत्कृष्ठ विद्यार्थीहरुलाई विद्यार्थी तथा अभिभावहरुको उपस्थितीमा सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तैयाब अलि साईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष विद्या राम बर्माले विद्यार्थीहरुको महेनतलाई प्रोत्साहन दिनको लागि सम्मान गरिएको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य तथा पुर्वाधार विकास वडाको प्रथामिकता रहेको हुँदा शिक्षाको विकासको लागि वडाले सधै सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
प्रधानाध्यापक सुमन शाहले वडाको निरन्तर सहयोग र सम्मानले हर्षित बनाएको बताउनु भयो । कार्यक्रममा वडा सदस्य राजीय किंगरिया, विविस पुर्व अध्यक्ष फैयाज अलि किंगरियाको उपस्थिती रहेको कार्यक्रममा शिक्षक प्रेम नेपालले संचालन गर्नु भएको थियो ।