आठौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटमा एपीएफ र आर्मी पोल विजेता
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार २१:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत जारी पुरुष क्रिकेट प्रतियोगिताको पुल चरणका सबै खेलहरु सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेश र ३ विभागिय टोली प्रतियोगितामा सहभागी भएका थिए ।
बाँकेको कोहलपुर र भैरहवामा संचालन गरिएको प्रतियोगितामा एपीएफ र त्रिभुवन आर्मी क्लब पोल विजेता भएका छन् । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न लिग चरणको खेलमा त्रिभुवन आर्मी क्लव पोल विजेता भएको हो भने प्रदेश १ उपविजेता भएको छ । त्यसैगरी पोल ‘ए’ अन्तर्गत भैरहवामा संचालन गरिएको प्रतियोगितामा एपीएफ विजयी भएको हो ।
त्यसैगरि, नेपाल पुलिस क्लब उपविजेता हँुदै सेमिफाइनल चरणमा प्रवेश गरेको हो । सेमिफाइनल चरणमा प्रवेश गरेका चार वटै टिमले उपाधिका लागि बैशाख १० गते प्रतिस्पर्धा गर्ने भएका छन् ।
कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सेमिफाइनल र फाइनल चरणका खेलहरु संचालन गरिने भएको छ ।
यसैबीच कोहलपुर क्रिकेट मैदानमा आइतबार भएको छनोट चरणको अन्तिम खेलमा प्रदेश १ विजयी भएको छ । कर्णाली प्रदेशलाई ५० रनको फराकिलो रन अन्तरले हराउँदै प्रदेश १ ले प्रतियोगितामा आफ्नो स्थान बलियो बनाएको छ । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको पाँचौ दिन भएको खेलमा कर्णाली प्रदेशले टस जितेर फिल्ड रोजेका थियो ।
पहिलो पारीमा मैदानमा उत्रिएको प्रदेश नं. १ ले निर्धारित २० ओभरमा १२३ रन जोडेको थियो । जसका लागि मुकुन्द यादवले ३२ रन जोडे । भने राजन मगरले २३, पुष्प थापाले १७ र श्रवण यादवले १३ रन जोडेका थिए ।
बलिङतर्फ कर्णाली प्रदेशका गणेशविक्रम सिंहले ३ विकेट लिए । भने दिनेश अधिकारी र प्रकाश जोशीले समान २÷२ विकेट लिए । दोस्रो पारीमा १ सय २४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ७३ रनमै समेटियो ।
ठुलो लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १८ दशमलव ४ ओभरमा आफ्नो सबै विकेट गुमाएको थियो । प्रदेश १ का बलरहरुका अगाडी कर्णाली प्रदेशका खेलाडीहरु फिक्का देखिए । कर्णाली प्रदेशका रबिन्द्रजङ्ग शाही (१६), दिनेश पुन (१५), प्रकाश जैशी (१०) बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
Advertisement