आजदेखि सकियो ट्राफिक सप्ताह, अन्तिम दिनमा नेपालगन्जमा पम्प्लेट वितरण
प्रकाशित मिति : २०७६, २० बैशाख शुक्रबार १७:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।“सवारी दुर्घटना न्युनिकरणको लागी ठाउँको ठाँउ सुधार ” अन्तर्गत आज शनिबार सात दिने कार्यक्रम समापन भएको छ। समापन कार्यक्रममा आज नेपालगन्जको धम्बोझी र बिपि चोकमा ट्राफिक नियम सम्बन्धी पम्प्लेट र पर्चा वितरण गरिएको छ।
Advertisement
कार्यक्रममा आज ट्राफिक, प्रहरी लगायत अन्य आम नागरिक सबैले सवारी चालकहरुलाई ट्राफिक नियम बारे जनचेतना दिएको नेपालगन्ज ट्राफिक प्रमुख भिमराज ओलीले जानकारी दिएका छन्।
समापन कार्यक्रममा नेपालगंज उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगर तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अरुण पौडेल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि , सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेकी सँयोजक, नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष ,बिभिन्न यातायात समिति तथा प्रालिका अध्यक्षहरु, यातायात ब्यवसायि ,चालक परिचालकहरु, ड्राभिङ प्रशिक्षण केन्द्रका प्रशिक्षक तथा प्रशिक्षार्थीहरु, प्रहरी, पत्रकारहरु लगायत ३०० जनाको उपस्थितिमा नेपाल प्रहरीको ब्याण्ड बाजा, बिभिन्न ब्यानर ,प्लेकार्ड सहितको र्याली गर्दै बि.पि. चौकमा गई कार्यक्रम पश्चात १२०० थान पर्चा पम्प्लेट बितरण गरि कार्यक्रम ट्राफिक सप्ताहा समापन गरिएको बाँके ट्राफिक कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए।