ग्रामिण लघु बित्त वित्तीय संस्थाको डुडुवामा एक दिने गोष्ठी सम्पन्न
प्रकाशित मिति : २०७६, २६ बैशाख बिहीबार १०:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।ग्रामिण लघु बित्त वित्तीय संस्थाले एक दिने गोष्ठी सम्पन्न गरेको छ। संस्थाको डुडुवा गाउँपालिकाको बेतहनी शाखाको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो।
Advertisement
ग्रामिण लघु बित्त वित्तीय संस्थाको कामबाट सेवाग्राहीलाई कस्तो प्रभाव परेको छ भन्ने बारेमा उक्त एक दिने गोष्ठी कार्यक्रम गरिएको हो।कार्यक्रममा अब आउने दिनहरुमा सेवाग्राहीहरुका लागि संस्थाबाट दिने सेवालाई अझ कसरी छिटो छरितो र प्रभाबकारी बनाउने बारेमा समेत छलफल गरिएको थियो।
क्षेत्रिय प्रवन्धक खगेन्द्र अर्यालको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न स्थानका शाखा प्रमुखले आ-आफ्नो धारणा राखेको कार्यक्रमको स्वागत मन्तव्य रोशन केसीले राखेका थिए।
कार्यक्रममा प्रमुख अथिती लगायत क़र्ज़ा महाशाखा भानदेब बोकटी, ईलाका प्रमुख खडक बहादुर शाही लगायत शिला शर्माले समेेत बैकिङ कारोबार कसरी गर्ने र सेवाग्राहीले सानो लगानी गरेर कसरी उनिहरु आत्मा निर्भर बन्न सक्छन् भन्ने बारेमा आफ्नो बिचार राखेका थिए।गोष्ठीमा सहभागी सबैले सेवा लिन ग्रामिण बैंक जस्तो सरल अरु नभएको समेत जिकिर गरेका थिए।कार्यक्रममा संस्थामा रहि उत्कृष्ट कार्य गरेका ४ जनालाई सम्मान गरिएको थियो कार्यक्रममा बाँकेभरीका सबै शाखाका प्रतीनिधीहरुको सहभागिता रहेको थियो।