नेपालगञ्जको वडा नंं २२ मा स्थानीय युवाहरुलाई खेलकुद सामग्री सहयोग
प्रकाशित मिति : २०७६, २६ बैशाख बिहीबार १७:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।नेपालगञ्ज उप महानगरपालिका २२ नंं वडा कार्यालय आज स्थानीय ४ वटा युवा तथा स्पोट्स क्लबहरुको लागि खेलकुद सामग्री तथा ड्रृस सहयोग गरेको छ ।
स्थानीय स्तरमा रहेको युवाहरुलाई संगठित गरी खेलकुद तथा सामजिक विकासको कार्यक्रम लाग्न उत्प्रेरण दिने उद्धेश्यले २२ नं. वडा कार्यालयले आज २२ नंं वडा क्लब, खाखी बाबा युवा स्पोर्ट्स क्लब, करस खुकुरी युवा क्लब र एकता युवा क्लबलाई क्रिकेट बेट, बल, स्टाम्प, खेल ड्रेस करिब १ लाख पँचास हजार बरारको सामग्री उपलब्ध गराइएको छ ।
करिब ७० जना स्थानीय युवाहरुको उपस्थिती रहेको कार्याक्रममा वडा अध्यक्ष बिद्या राम बर्माले युवाहरुलाई खेलकुदको माध्यमबाट पहिचान बनाउन तथा विकासको लागि सहयोग गरिएको बताउनु भयो । कार्यक्रममा प्रमुख अथिती नेपाली काँग्रेसका महासमिती सदस्य राज कुमार बर्माले समाजको विकासका लागि युवाहरुको भुमिका महत्वपुर्ण भएको हुँदा युवाहरु सक्रिय भएर खेलकुद तथा अन्य विकासको काममा लाग्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा वडा सदस्य राजिया बेगम किंगरिया शेष, भर्री कुर्मी, सुरसती धोबी, वडा सचिव रञ्जन श्रेष्ठ, नेपाली काँग्रेसका नगर उप सभापति धन राज बर्मा, नेविस नगर सभापति अनुज बर्मा, नेपाल रेडक्रस सोसाइटी उप शाखा पुरैनीका उप सभापति मो.फारुक हल्वाई लगायतको उपस्थिती खेलाडीहरुलाई खेलकुद सामग्री प्रदान गर्नु भएको थियो ।
Advertisement