सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नु पर्नेमा जोड
प्रकाशित मिति : २०७६, ३० बैशाख सोमबार २१:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सोम गुरुङ, नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिका वडा नं।५का वडा अध्यक्ष कैफुलवरा जोलाहले स्थानीय तहमा सुशासन कायम गराउनमा सूचनाको हक एक प्रभावकारी औजार भएको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडानं। ५को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको जनप्रतिनिधी र कर्मचारीहरुका लागि सूचनाको हक सम्वन्धी अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष जोलाहले सुशासनको लागि सूचनाको हकलाई हरेक नागरिकले प्रयोग गर्नु पर्ने बताएका हुन् । साथै उहाँले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता अभिबृद्धि गरि सुशासन कायम गर्नेतर्फ वडा लागेको जानकारी गराए । उहाँले स्थानीय सरकारलाई सूचनाको हक, ऐन कानून, निति, सुशासनका आधार बारे जनप्रतिनिधि तथा कर्मचारी र नागरिकहरुलाई जानकारी गराउनुपर्ने आवश्यता महसुश गरि बजेट तर्जुमा गरिएको जानकारी दिनुभयो ।
Advertisement
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले सूचनाको हकले स्थानीय सरकार पारदर्शिता र जवाफदेही हुनेमा मद्धत पुग्ने बताए । साथै अहिले देश पुर्नसंरचनामा गएपछि स्थानीय सरकार संचालन गर्ने जिम्मा पाएका जनप्रतिनिधीले नागरिकको अधिकार र समग्र विकासका लागि उल्लेख्य भुमिका काँधमा आएको बताउनुभयो । सो अभिमुखीकरणमा उहाँले सूचनाको हक, सुशासन, स्थानीय सरकार संचालन ऐन, जनप्रतिनिधीको काम कर्तव्य अधिकार, उपमहानगरपालिकाको समग्र विकासको सम्भावना र सकारात्मक सोचको विकास लगायतका विषयमा जानकारी गराउनुभएको थियो।
सो कार्यक्रममा संस्थाका अध्यक्ष विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई, आईएचआरसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुमार ज्ञवाली, कार्यक्रम संयोजक लक्ष्मी तिवारीले सूचनाको हकको बारेमा अभिमुखीकरण गरेका थिए । वडा नं। ५ का वडा सचिव राजसिहं सिजापतिले स्थानीय तहमा सूचनाको हकको महत्वको बारेमा आफनो विचार राख्नुभएको थियो । साथै उहाँले आगामी बर्षमा सूचनाको हकको बारेमा स्थानीय नागरिकहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम राखिने प्रतिबद्धता समेत जनाए । त्यसैगरि कार्यपालिका सदस्य मन्जु नेपालीले सूचनाको हकको बारेमा सबै नागरिकले जान्नु पर्ने बताईन् ।