द आर्ट अफ लिभिङले पोखरामा युथ इन एक्सन परियोजना गर्दै
प्रकाशित मिति : २०७६, ६ जेष्ठ सोमबार १९:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। द आर्ट अफ लिभिङले स्वदेशमै रोजगारीको सम्भावना खोज्न युवाहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले पहिलोपटक पोखरामा युथ इन एक्सन परियोजना सञ्चालन गर्न लागेको विषयमा आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
Advertisement
यही जेष्ठ १६ गतेदेखि १८ गतेसम्म हुने परियोजना अन्तर्गत्को पहिलो कार्यक्रममा युवाहरुलाई उत्प्रेरणा जगाउने खालका विभिन्न क्रियाकलाप सञ्चालन गर्न लागिएको द आर्ट अफ लिभिङ नेपालगञ्जका संयोजक सञ्जय थापाले जानकारी दिनुभएको छ । देशभरका जुनसुकै ठाँउका यसमा रुची भएका १८ वर्षदेखि ३५ वर्ष उमेर पुगेका युवाहरुले नजिकको द आर्ट अफ लिभिङको कार्यालय वा अनलाइन मार्फत् नाम दर्ता गराउन सक्ने प्रशिक्षक सौमाया गुरुङले जानकारी दिनुभएको छ ।
नाम दर्ता गराउँदा प्रत्येकले ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । त्यस कार्यक्रममा १ हजार युवा सहभागी गराउने लक्ष्य छ ।