नेपालगन्जमा अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु
प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार २२:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी/ नेपालगन्जमा आजदेखि अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे
Advertisement
। मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए । शुक्रबार भएको मैत्रीपूर्ण खेलमा आयोजक बिजयी भएको छ । उसले बांके जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गरेको हो खेलमा टस जितेर पहिला व्याटिग गरेको आयोजकले ८९ रन बनाएको थियो । ९० रनको लक्ष सहित जबाफी व्याटिगमा बांके जिल्ला क्रिकेट संघ ७३ रनमा अल आउट भयो । खेलमा ६५ रन प्रहार गर्ने आयोजकका सन्तोष शाह म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता भने भोलि विहान बिहान ६ बजेदेखि सुरु हुने छ ।
नेपालगन्जका २३ वटै वडा सहभागि प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ र वडा नं. ५ भीड्ने छन् । साढे १० लाख रुपैयाँ लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने आयोजक द गुप अप युथ सिक्स्टिनका सचिव राम श्रेष्ठले जानकारी दिए । खेल आयोजना हुने मंगल प्रसाद माबिको मैदानमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । इन्टरनेट सेवा प्रदायक सुविसुले संचारकर्मी, दर्शक सबैका लागि निशुल्क वाईफाईको व्यवस्था गरिदिएको श्रेष्ठले जानकारी दिए । उद्घाटन समारोहमा प्याब्सन नगर कमिटीसँगको समन्वयमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
उद्घाटन समारोहमा २३ वटै वडाको टिमका सदस्यहरु, अफिसियल, मेयर, लगायत उपस्थित रहेका थिए । कार्यक्रम क्लवका अध्यक्ष विष्णु अर्यालको सभापतित्वमा भएको थियो । कार्यक्रकमा वडा नं १२ का अध्यक्ष वुद्धिसागर सुवेदी स्वागत मन्तब्य दिनुभएको थियो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन , कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ ले गरी करिब ६ लाख रुपैया“ सहयोग उपलब्ध गराएका छन ।