घोराहीको बजार क्षेत्रका ७०० घरमा खानेपानी आएन
प्रकाशित मिति : २०७६, ३१ जेष्ठ शुक्रबार १३:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
दाङ ।घोराहीको बजार क्षेत्रमा खानेपानीको चरम अभाब हुदै गएको छ ।चर्को गर्मी सँगै पानीको अभाब हुदै गएपछि विभिन्न आधा दर्जन टोल विकास संस्थाहरुले सरोकारवाला निकायको ध्यानआकर्षण गराएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ को लालीगुराँस, जनचेतना, सगरमाथा, स्वर्गद्धारी, सरस्वती र नवजलजला टोल विकास संस्थाको क्षेत्रमा खानेपानीको चरम अभाब भएको हो ।ती टोल विकास क्षेत्रका करिब ७ सय घरधुरीलाई खानेपानीको अभाब भएको खानेपानी तथा सरसफाई सरोकार समितिका अध्यक्ष दुर्गाबहादुर बुढाले जानकारी दिनुभयो ।
घरघरमा धारा जडान भए पनि पानी आउन छोडेपछि ७ सय घरधुरीका सैयौ उपभोक्ताहरु मारमा परेको उहाँको भनाई छ । पानीको अभाबले सेवार खोलाको पानी पिउन बाध्य भएको टोलबासीको भनाई छ ।
बजार क्षेत्रमा नै खानेपानीको हाहाकार हुदा स्थानियहरु काकाकुल भएको भन्दै सरोकार समितिले खानेपानीको सहज आपूर्तीका लागि घोराही खानेपानी सरसफाई तथा उपभोक्ता संस्थामा ज्ञापन पत्र बुझाएको छ ।
सरोकार समितिले खानेपानी संस्थालाई तत्काल सहज आपूर्तीको व्यवस्था गरिदिन आग्रह गर्दै यदि नसक्ने भए आफुहरुले रकम उठाए भए पनि बैकल्पीक स्रोत खोजेर पानी पिउने बताउएका छन्।