नेपालगन्जको वडा नं १३ मा फोहर ब्यबस्थापन सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०७६, १० असार मंगलवार १०:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जको वडा नं १३ मा फोहर ब्यबस्थापन सम्बन्धी एक दिने अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। १३ नं वडाको सहयोग र बाताबरण तथा बाल अधिकार संरक्षण केन्द्र नेपालगन्जको आयोजनामा घर भित्रको फोहर ब्यबस्थापनमा सरोकारकोवालाको भुमिका बिषयक १ दिने कार्यक्रम सोमबार सम्पन्न भएको छ।
Advertisement
वडा अध्ययक्ष बिरेन्द्र बहादुर शाहको प्रमुख आथित्य र आयोजक संस्थाका प्रमुख तेज बिक्रम शाहको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाइ फोहर ब्यबस्थापन सम्बन्धी कुराहरुको बारेमा जानकारी दिइएको थियो। वडा अध्यक्ष शाहले आफ्नो घर कसरी सफा राख्ने र टोललाई समेत सरसफाइ गर्नु पर्ने कुरा बताउनु भएको थियो।
कार्यक्रममा वडा सदस्य ओम प्रकाश चौहान, वडा सदस्य सत्य नारायण यादब, महिला वडा सदस्य , वडा सचिब राम कुमार पौडेल, आयोजक संस्थाकि गिता आचर्य लगायत अन्य वडाबासीको समेत आफ्नो धारणा राख्नु भएको थियो।