तुलसीपुरको ईलाका प्रशासनबाट राहदानी लिनेको संख्या घटदै
प्रकाशित मिति : २०७६, १६ श्रावण बिहीबार २०:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
यमकला भुसाल/तुलसीपुर। दाङको तुलसीपुरको ईलाका प्रशासन कार्यालयमा राहदानी लिनेको संख्या घटदै गएको छ। विगत ३ वर्षदेखिको तथ्याङ्क नियाल्दा राहदानी लिनेको संख्या बर्षेनी घट्दै गएको पाइएको हो । प्रशासनका सूचना अधिकारी यादव भुसालका अनुसार यस वर्ष ४ हजार बढीले राहदानी लिएका छन् । जो गत वर्ष भन्दा झन्डै एक हजारले कम हो ।
Advertisement
वितेको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनादेखि असार मसान्तसम्ममा १ वर्षको अवधिमा ४ हजार ८ सय ३५ जनाले राहदानी लिएका छन् । सूचना अधिकारी भुसालका अनुसार यस वर्ष कार्यालयबाट ३ हजार ३ सय ८८ जनाले राहदानी लिएकोमा ७ सय ७१ जना महिला छन् भने २ हजार ६ सय १७ जना पुरुष छन । काठमाडौँ पुगेर द्रूत सेवामार्फत पनि सेवा लिएका छन् ।
१ हजार ४ सय १४ जनाले त्यसरी राहदानी लिएको देखिएको छ । ति मध्ये ४ सय ४४ जना महिला र १ हजार ३ जना पुरुष रहेको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष २०७४÷०७५ मा ५ हजार ७७ जनाले राहदानी लिएका थिए । यो आर्थिक वर्षमा त्यो घटेर ४ हजार ८ सय ३५ जनाले राहदानी लिएको सूचना अधिकारी भुसालले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ४ हजार ९ सय ५४ जनाले राहदानी लिएको तथ्याङ्क कार्यालयसँग छ । पछिल्लो समय अधिकांस युवाहरु स्थानीयस्तरमै रोजगारको सम्भावना खोज्न थालेपछि बिदेशमा कामदारको रुपमा जानेहरुको संख्या घटेको सूचना अधिकारी भुसालले तर्क गरे । स्थानीय तहमै प्राविधिक शिक्षाको पढाई हुनु र रोजगारीका अवसरहरु पनि सिर्जना हुन थालेपछि अध्ययनको नाममा विदेशीने युवायुवतीको संख्या घटेको हुनुपर्ने उनले अनुमान गरे ।