बाल दिवसमा सरसफाइ र सचेतना कार्यक्रम
प्रकाशित मिति : २०७६, २९ भाद्र आईतवार २३:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगञ्जस्थित बाल क्लव आदर्श माविका विद्यार्थीले जनचेतनामुलकसँगै सरसफाई कार्यक्रम गरेका छन् । ‘सुनिश्चित बाल अधिकार समृद्ध नेपालको आधार’ भन्ने नारासहितको राष्ट्रिय बाल अधिकार दिवसका सन्दर्भमा आदर्श मावि कक्षा ८ का विद्यार्थीहरुले डेंगु विरुद्ध प्रर्चा बाँडेर सचेतना फैलाएका छन् भने सरसफाई समेत गरेका छन् । आज दिउसो विद्यार्थीको समूहले हातमा झाडु बोकेर मुखमा मास्क लगाएर सडक, टोल सफाई गरे भने केहीले डेंगु विरुद्धको पर्चा बाँडनुका साथै सो रोगबाट बच्न सकिने उपाय बारे सचेत गराए । विभिन्न अवसर र सन्दर्भमा विद्यार्थीहरुलाई अतिरिक्त र रचनात्मक क्रियाक्लापमा सहभागी गराउदै आइएको विद्यालयका सह प्राधानाध्यापक टंक गौतमले जानकारी दिनु भयो ।
Advertisement