बालबालिकको पोषण र स्वाथ्यका लागि नेतृत्व अभियान कार्यक्रम
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार २२:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाँके।बर्दियाको ठाकुरबाबा नगरपालिका चार स्थानमा प्रारम्भिक बाल बिकासका लागि वडाद्धरा समुदायको नेतृत्व अभियान कार्यक्रम भब्य रुपमा गरिएको छ । ठाकुरबाबा नगरपालिकाको वडा नं.–३, ४, ५ र ९ मा स्थानीयको सहभागिता हुने गरी सो कार्यक्रम गरिएको हो । प्रारम्भिक बाल बिकासका लागि अभिभावकको दायित्व बोध तथा आफ्ना बालबालिकाहरुको चौतर्फी बिकासका लागि अभिभावकलाई सक्रिय बनाउने उद्देश्यले गरिएको चार वटै कार्यक्रममा पोषण, स्वास्थ्य, सरसफाई जस्ता कुरा सांस्कृतिक माध्यमबाट प्रस्तुत गरिएको छ । कार्यक्रममा नृत्य, कविता, वक्तृत्वकला, नाटक र बाल गीतको माध्यमबाट बालबालिकाहरुको चौतर्फी बिकासमा अभिभावकको महत्व दर्शाइएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत प्रसाद उप्रेती, शिक्षा शाखा प्रमुख रामहरि रिजाल लगायतले बालबालिकको हेरचाह नै शुन्दर भविष्य निर्माणमा टेवा पुग्ने उल्लेख गर्नुभएको थियो । उहाँहरुले बालबालिकाको बिकासमा खासै महत्व नदिइने हुनले भविष्यमा बालबालिकाहरुमा बिभिन्न प्रकारका जटिल समस्याहरु उत्पन्न हुने गरेको धारणा राख्नुभयो । उहाँहरुले आफ्ना बालबालिकाको हेरचाह, लालनपालनमा बिशेष ध्यान दिन सर्वसाधारणलाई आग्राह समेत गर्नुभयो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, ठाकुरबाबा नगरपालिका तथा वडा कार्यालयहरुको समन्वय सहकार्यमा गेरुवा ग्रामीण जागरण संघ, बर्दियाद्धारा संचालित बालबालिकाको सपना परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो । गर्भदेखि पाँच वर्षसम्म उमेरका बालबालिकाका लागि एकदमै जटिल उमेर हुने र सबैभन्दा बढि यही उमेरमा बालबालिकालाई अभिभावकको माया, ममता आवश्यक हुने कुरालाई अभिभावकमाझ प्रस्तुत गर्न कार्यक्रम गरिएको परियोजनाका कार्यक्रम संयोजक सन्तोष कुमालले जानकारी दिनुभयो । कार्यक्रमलाई सफल र भब्य बनाउन बिभिन्न प्रतियोगितामा सहभागि भएका बिद्यार्थीहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष, स्थानीय समूह क्लब, सामुदायिक वन, सहकारी, बुद्धिजिवीको उपस्थिति रहेको थियो । गेरुवाले बाँके बर्दिया जिल्लामा पूर्ण सरसफाई, बिपद जोखिम न्युनिकरण, प्रारम्भिक बाल बिकासका लागि अभिभावक शिक्षा, बिद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम र महिला प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यक्रमहरु संचालन गर्दे आएको गेरुवा फिल्ड कार्यालय बाँकेका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो ।
Advertisement