कोहलपुर ब्यापार मेलाको तयारी तिब्र
प्रकाशित मिति : २०७४, २४ माघ बुधबार १९:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
माघ २४,कोहलपुर।२६ गते देखि संचालन हुन लागेको कोहलपुर औद्योगिक व्यापार मेलाको ९५ प्रतिशत तयारी पुरा भईसकेको मेला आयोजक कोहलपुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मलेन गरी जानकारी दिएको छ।
Advertisement
कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माणका लागि आयोजना गरिएको मेलाबाट स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई अगाडी लिएर आउने मेला आयोजक समितिका संयोजक चक्रबहादुर अधिकारीले जानकारी दिए।
‘उपभोक्ता र व्यवासायीहरुको जम्काभेट गराउनेछ, जहाँ सस्तोमा उपभोक्ताले सामग्रीहरु खरिद गर्न सक्नेछन,’ अध्यक्ष अधिकारीले भने, ‘साथै स्थानीय उत्पादनको बजारिकरणमा समेत योगदान हुनेछ, त्यसैले सबैलाई महोत्सवको एकपटक अवलोकन गर्न अनुरोध गरेका छन।
नेपाल उद्योग वाणिज्य महासंघकि केन्द्रीय अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने महोत्सवमा दुईसय ८ वटा व्यवसायिक स्टलहरु रहनेछन् । ५० वटा कृषि, जडीबुट, महिला लगायतका घरेलु, १८ होटेल, १५ सूचना प्रविधि, ८ वटा अटोपार्टस् र ११ वटा स्टल थारु गाउँका लागि बुकिङ्ग गरिएको र व्यवसायिक हरुमध्ये पनि ७० वटा लत्ताकपडाका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा मुख्य आकर्षणको केन्द्रका रुपमा थारु गाउँलाई लिइएको छ । थारु संस्कृतिसँग जोडिएको सबै पहिचान देख्न पाइने आयोजकको दाबी छ । एकसय वर्ष पुृरानो तेल पेल्ने कोल प्रदर्शनमा राखिने र प्रयोग देखाएने छ ।
मेलाको सुरक्षाका लागि १८ वटा सीसी टिभी क्यामेरा जडान गरिएको र निजी क्षेत्रका साथै प्रहरी, सशस्त्र प्रहरी बलले समेत सुरक्षाका पहरा दिनेछन् ।
साथै मेलाका लागि सबै प्रचार प्रसारका लागि ब्यापक रुपमा लागिएको र सम्पूर्ण मीडियाकर्मीहरुलाई मेला अबलोकन गरिदिन र सञ्चार माध्यम मार्फत समाचार प्रकाशन तथा प्रशारण गरिदिन मेलाका प्रचार प्रसार बिभाग प्रमुख ईश्वर श्रेष्ठले आग्रह समेत गरेका छन।