लक्ष्मणपुर मेलामा बुधबार ४० हजार सहभागी, कवालीमा रमाए दर्शक
प्रकाशित मिति : २०७४, १७ माघ बुधबार १८:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नरैनापुर, माघ १७ । बाँकेको लक्ष्मणपुरमा पाँच दिनदेखि जारी धार्मिक, सांस्कृतिक एवम् व्यापारिक मेलामा पाँचौ दिन आज बुधबार हजारौं मानिसहरु सहभागी भएका छन् ।
Advertisement
धार्मिक प्रबचनदेखि कवाली गायनसंगै व्यापारिक किनमेल हुने मेलामा पाँचौ दिन ४० हजार मानिसले मेला हेरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।
कवाली, सर्कस, जादु र विभिन्न मनोरञ्जनात्मक खेलसंगै किनमेलका लागि मानिसहरु भारतका बहराइच, लखनऊ, मुम्बई, राजस्थान, श्रावस्ती लगायतका ठाउँबाट आउने गरेको साहले जानकारी दिए । २० गतेसम्म चल्ने मेलामा ४ दिन भण्डाराको समेत व्यवस्था गरिएको छ ।
१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद साहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि १० दिनसम्म मेला लाग्दै आएको छ ।