रामहरी जोशीको ‘प्रतिकात्मक प्रश्न’ सार्वजनिक
प्रकाशित मिति : २०७५, ३१ असार आईतवार १६:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, ३१ असार – स्वर्गीय नेता रामहरी जोशीको पुस्तक ‘प्रतिकात्मक प्रश्न’ बजारमा आएको छ । त्रिविका पूर्वउपकुलपति डा। केदारभक्त माथेमाले पुस्तक लोकार्पण गरेका हुन् । राजनीतिमा लामो समय बिताएको एक नेताको नखुलेको पाटो पुस्तकमा आएको उनले बताए ।
Advertisement
पुस्तक समीक्षा गर्दै साहित्यकार डा। रामदयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताए । यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मोदी आइन् नजिक रहेको उनले टिप्पणी गरे । रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उनले बताए ।
एक वर्षअघि असार २९ गते रामहरी जोशीको ९२ वर्षको उमेरमा निधन भएको थियो । उनकै पुण्य तिथिमा पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।