नरैनापुरमा सामाजिक सद्भावका लागि सांस्कृतिक कार्यक्रम
प्रकाशित मिति : २०७६, २७ जेष्ठ सोमबार १६:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सामाजिक सद्भावका लागि आफू सदैव क्रियाशील रहेको बताउँदै विभिन्न जातजाति, भाषाभाषी, धर्म सम्प्रदायको बसोबास रहेको नरैनापुरलाई आफूले सद्भावको गाउँपालिका बनाउन लागिपरेको बताउनुभयो । आपसी सद्भाव, भाइचारा र भ्रातृत्वको भावनाले विकासको मार्ग प्रशस्त गर्न सहयोग गर्ने भन्दै गाउँपालिका अध्यक्ष शाहले केही महिना अघि स्थानीय तहहरुमा जिल्लामै पहिलोपटक नरैनापुरले सद्भावका लागि सहभोज कार्यक्रमको समेत आयोजना गरेको बताउनुभयो ।
विशिष्ट अतिथि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले दुर्गम क्षेत्रको पहिचान बोकेर हिँडेको नरैनापुर पछिल्लो समय विकास पथमा लम्किँदै गरेकोमा खुसी ब्यक्त गर्नुभयो । शिक्षा नै बृत्ति विकासको आधार भएको बताउँदै अध्यक्ष बेहनाले आफ्ना बालबालिकालाई विद्यालय पठाएर उज्ज्वल भविष्यका निम्ति प्रेरित गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नरैनापुर गाउँपालिका २ का अध्यक्ष मन्शुद शाह, ३ का अध्यक्ष राजकुमार मौर्य, ४ नम्बरका अध्यक्ष दिनेश शर्मा लगायत नेपाल्गन्ज वडा नम्बर ४ का समाजसेबि महोमद सलिम मुसलमान समेतको उपस्थिति रहेको थियो।