बैंकिङ प्रणालीमा ७७ अर्ब रुपैयाँ अधिक तरलता
प्रकाशित मिति : २०७५, ११ श्रावण शुक्रबार ११:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ११ साउन । कुनै बेला तरलता समस्याले बैंक तथा बित्तिय संस्थाहरुलाई हैरान पारेपनि पछिल्ला दिनहरुमा अधिक तरलता थुप्रिन थालेको छ ।
Advertisement
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा ७७ अर्ब रुपैयाँ अधिक तरलता देखिएको छ । प्रणालीमा तरलता बढिरहँदा सरकारी कोष एक खर्ब ३९ अर्ब रुपैयाँले बचतमा देखिएको राष्ट्र बैंकले जनाएको छ । प्रणालीमा अधिक तरलता आएपछि बैंकहरुबीच हुने आपसी सापटी दर २ प्रतिशत हाराहारीमा झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।
‘बैंकहरुमा अधिक तरलता थुप्रिन थालेपछि राष्ट्र बैंकले त्यसलाई तान्न निक्षेप तथा अन्य मौद्रिक औजार प्रयोग गर्न थालेको छ ।’ कार्यकारी निर्देशक थापाले भने, ‘यसरी निक्षेप तान्दा प्रणालीमा अधिक तरलता कम हुन्छ र अन्तर बैंक ब्याज दर बढ्नेछ ।’
औषत सिसिडी रेसियो ७४–७५ प्रतिशतमा झरेको बैंकरहरु बताउँछन् । विगतमा तरलता अभाव हुँदा बैंकहरुले ऋण दिन सकेका थिएनन् । अहिले २८ बाणिज्य बैंकको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) सहज अवस्थामा आएको छ ।