डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार १५:२७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डुडुवा (बाँके), २३ साउन । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को तेस्रो चौमासिक अन्तर्गत् चैतदेखि असारसम्मको भत्ता वितरण गर्न थालिएको हो । असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ६ वटै वडामा मंगलबारदेखि भत्ता वितरण शुरु गरिएको छ ।
Advertisement
गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित ६ हजारलाई सुरक्षा भत्ता वितरण गरिनेछ । जेष्ठ नागरिक, अन्य एकल महिला, अपांगता भएका व्यक्ति, दलित गरी ३ हजार १ सय जना र ५ वर्ष मुनिका दुई हजार ९ सय दलित बालबालिकालाई उक्त भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो ।
आज बुधबारसम्म करिब ५० प्रतिशत रकम वितरण गरिसकिएको र बाँकिलाई दुई–तीन दिनभित्र वितरण गरिने जनाइएको छ । ७० वर्ष पुगेका बृद्धलाई औषधि उपचारसहित दुई हजार र अन्य अन्तर्गत् ६० देखि ७० वर्षसम्मका एकल महिला, अपांगता भएका, दलित महिला र दलित बालबालिकाहरुलाई एक हजार मासिक भत्ता वितरण गर्दै आइएको छ ।