बिजनेसमा रहेका समाचारहरु

नेपालगन्जको चाँद सिरक गोदाममा आगलागी, एक घण्टा पछि आगो नियन्त्रणमा

राधा आचार्य,नेपालगन्ज, ५ साउन। नेपालगन्जको वडा नम्वर १२ मा सिरक गोदाममा आगलागी भएको छ। नेपालगन्जको बिपि चोकमा रहेको चाँद सिरक पसलको गोदाममा आगलागी हुदा सम्पूर्ण लत्ता कपडा जलेका छन।शनिबार साँझ ८ :१५ बजे सुनाखरी रेस्टुरेन्ट देखि ५० मिटर पश्चिम तिर रहेको चाँद सिरकको गोदाममा बिद्युत सट भई आगलागी भएको प्रत्यक्षदर्शी घनश्याम शर्माले बताए। ८:१५ मा शुरू भएको आगो स्थानीय,प्रहरी र दमकलको सहयोगमा करीब एक घण्टा पछि नियन्त्रणमा आएको हो।...

निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिएका छन् । “दोस्रो वाइड बढी विमान भित्र्याउनका...

नेपालगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजश्व

नेपालगञ्ज, साउन २ । नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा झण्डै २ अर्ब बढी राजश्व संकलन भएको छ । सरकारले आर्थिक बर्ष २०७४/७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व संकलन भएको निमित्त कार्यालय प्रमुख माधव प्रसाद आचार्यले बताउनुभयो । यो गत आर्थिक बर्षको भन्दा...

आँपको मूल्य नपाएपछि किसान निरास

बर्दिबास, ३२ असार – महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् । मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् । आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा रु १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ । “आँप त ठीकै फलेको हो” बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले...

बैंक तथा वित्तिय संस्था ‘भोली अबेर सम्म खुल्ने

काठमाडौं ३१ असार  – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई भोली अबेर सम्म कार्यालय खुला राखेर सेवा दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा राजस्व बुझाउनेहरु उल्लेख्य हुने भएकाले अबेरसम्म कार्यालय खोलेर राजस्व बुझ्न भनेको हो । राष्ट्र बैंकले यसअघि वर्षभरीनै असोज, पुष, चैत र असार महिनाको अन्तिम हप्ता २५ गतेपछि शनिवार वा सार्वजनिक विदा परे पनि कार्यालय खोलेर सेवा दिन भनेको थियो । आन्तरिक राजस्व कार्यालय,...

जताततै आफैंमा लामो इतिहास बोकेको ‘कालीमार्सी चामल’ को चर्चा

नेपालगन्ज, ३० असार । हिजोआज जताततै ‘काली मार्सी चामल’ को चर्चा चुलिएको छ । राजनीतिदेखि स्वास्थ्य क्षेत्रसम्म यसकै चर्चा परिचर्चा छ । आफैंमा लामो इतिहास बोकेको फाइदाजनक यो अन्नबाली एकाएक हिट हुन पुगेको छ । कारण तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको घरमा खाना खाएको प्रसंग हो । जुम्लाको निकै पोषिलो र अत्याधिक काव्रोहाइड्रेट प्राप्त गर्न सकिने यो चामलको...

अव रेडियोमा गीत बजाए वापत रोयल्टी तिनुपर्ने

काठमाडौं,२९ असार-  रेडियोहरुले आउँदो आर्थिक बर्षदेखि गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ । निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्था बीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको वानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनुभयो । जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ । जसअनुसार १ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैया, १ सयदेखि पाँचसय वाटसम्मका...

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई धराशायी तुल्याउने चलखेल

नेपालगन्ज,२७ असार । केही व्यक्तिको उक्साहटमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई धराशायी तुल्याउने चलखेल शुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थापनाकालदेखि सहज रूपमा नेपाल सरकार र भारत सरकारको अनुदान सहयोगमा जनतालाई पुऱ्याइरहेको सेवा–सुविधामाथि उनीहरूको गिद्धेदृष्टि परेपछि यस्तो चलखेल शुरु भएको बुझिएको छ । यसै विषयलाई लिएर लिमिटेडको सम्पत्तिलाई शेयरमा परिणत गर्दै जन–जनमा पुऱ्याउनुपर्छ भन्दै अर्थ मन्त्रालयमा निवेदन परेपछि यस्तो शङ्का उब्जिएको हो । यसलाई मूर्तरूप दिलाउन आफैँद्वारा नेपालको...

जहाँ नेपाल आउने पर्यटक, त्यहाँ निगमको जहाज

नेपालगन्ज, २६ असार । नेपाल आउने पर्यटकको प्रमुख गन्तव्यको रुपमा रहेका क्षेत्रहरुमा नेपाल वायु सेवा निगमले आफ्नो सेवा उपलब्ध गराउने भएको छ । ‘जहाँ नेपाल आउने पर्यटक, त्यहाँ नेपाल वायु सेवा निगम’ भन्ने नाराका साथ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । यही असार १४ गते निगमले पहिलो ‘वाइड बडी’ जहाज भित्र्याएको छ । यस्तै आगामी तीन साताभित्र सोही प्रकृतिको अर्को जहाजसमेत नेपाल आइपुग्नेछ । दुई वटा वाइड बडी र दुई...

२०७४-०७५ को पूँजीगत खर्च हालसम्म ५३ प्रतिशत मात्रै

नेपालगन्ज, २३ असार । आर्थिक वर्ष सकिन केही दिनमात्रै बाँकी रहँदा आर्थिक बर्ष २०७४-०७५ का लागि बिनियोजित कूल बजेटको ७२ प्रतिशत मात्रै खर्च भएको छ । जसमध्ये पूँजीगततर्फ ५३ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले विकासलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याए पनि खर्च भने लक्ष्यअनुरुप नभएको हो । विकास निर्माणले गति लिन नसक्दा खर्च अपेक्षित नभएकोे हो । चालु आर्थिक वर्षमा ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख...