बिजनेसमा रहेका समाचारहरु

नेपालगन्जको बैंकबाटै सेवाग्राहीलाई नक्कली नोट

नेपालगन्ज ।नेपालगन्जको धम्बोझीमा रहेको सिद्धार्थ बैंकबाट सेवाग्राहीले चेक साटेर लिएको १ हजार दरको ५० वटा नोट मध्येबाट एउटा नोट नक्कली फेला परेको हो ।आईतबर चेक साटेर ल्याएको पैसा सोमबार नेपाल ईन्भेष्टमेण्ट बैंकमा जम्मा गर्न जाँदा बैंकले नक्कली नोट भनेर फर्काएपछी सेवाग्राही झसङ्ग भएका थिए। नोट नक्कली भएको जानकारी पाएपछी सेवाग्राही सिद्धार्थ बैंक शाखाका प्रमुखलाई भेट्न पुगे । सिद्धार्थ बैंक शाखाका प्रमुख मेघनाथ ढकालले बैंकबाट नोट लगिसकेपछी अर्को नोट दिन...

बाँकेको नरैनापुरबाट सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा सेतो मटर बरामद

नेपालगञ्ज । बाँकेको नरैनापुरबाट भारततर्फ अवैधरुपमा पैठारी गर्न लागिएको डेढ सय क्विन्टल सेतो मटर प्रहरीले आज बरामद गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ जमुनी नजिकै चेकजाँचका क्रममा तीन वटा ट्रयाक्टरमा लैजाँदै गरिएको २ सय ९९ बोरामा रहेको १ सय ४९ दशमलब ५ क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटरका  सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी...

राष्ट्र बैंकले नयाँ नोट बाँड्न थाल्यो !

नेपालगन्ज । आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ...

सासंद विकास कोषमा अब देखि समानुपातिक सांसद पनि हिस्सेदार

काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । समानुपातिक सांसदहरुले भने यो कार्यक्रममा आफूहरुलाई हिस्सेदार नबनाइएको भनेर गुनासो गर्दै आएका थिए । उनीहरुको गुनासो सम्बोधन गर्दै सरकारले नियमावली संशोधन गरेको छ ।प्रत्यक्ष निर्वाचित सांसदको...

बैंक सफ्टवेर ह्याकिङ एजेण्ट स्याङ्जाबाट पक्राउ

नेपालगन्ज ।कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ। सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा प्रतिक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।उनलाई स्याङ्जा प्रहरीको सहयोगमा पक्राउ गरिएको र काठमाडौँ ल्याएर...

नेपालगञ्जको शान्ति चामल उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज । नेपालगञ्जको शान्ति चामल उद्योगलाई पचास हजार रुपैयाँ जरिवाना तिराइएको छ । संयुक्त अनुगमन टोलीले आज नेपालगञ्जको खजुरा रोडमा रहेको शान्ति चामल उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानुन बिपरित व्यवसाय गरेको भन्दै तत्कालका लागि पचास हजार रुपैयाँ जरिवाना तिराएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । अनुगमन टोलीले खजुरा रोडमै रहेको गोपाल सोप इण्डस्ट्रिजद्वारा सञ्चालित सोडा उद्योगलाई...

२० करोड अनियमितता आशंकामा प्रहरी बिरुद्द अख्तियार सक्रिय हुँदै

काठमाडौं। नेपाल प्रहरीले बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजातहरु नियन्त्रणमा लिएपछि असोज ४ मा टुंगो लगाउनुपर्ने बोलपत्र अलपत्र परेको छ। नेपाल प्रहरीले चुस्ता, डीएमएस बुट, पन्चा, ऊलन सर्ट, ऊलन पाइन्ट, कटन सर्ट, कटन पाइन्ट, झुल, पार्का ज्याकेट लगायतका सामानको गएको साउन २६ मा टेण्डर गरेको थियो। भदौ २६ मा खोलिएको टेण्डरमा ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, पिताम्बर मुन्का, रितेश अग्रवाल लगायतले सेटिङ गरी लागत मूल्यकै...

स्थानीय र प्रादेशिक आर्थिक विकास परियोजना कार्यान्वयनमा

नेपालगञ्ज । स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरु बीच सोमबार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । जर्मन विकास नियोग(जिआईजेड)ले नेपालगञ्ज उपमहानगरपालिकामा संचालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको हो । कार्यक्रम सन २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ गतेसम्म संचालन हुनेछ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चारक्षेत्रमा विशेष...

जनप्रतिनिधिहरुले सिलाउन दिएको सुट नलिएपछि लिलामीमा राखियो

नेपालगन्ज ।जनप्रतिनिधिले सिलाउन दिएको सुट नलिएपछि लिलामीमा राखिएको छ।सिरहाको कर्जन्हा नगरपालिकाले जनप्रतिनिधिको लागि सिलाउन दिएको सुट नलगेपछि टेलर्स सञ्चालकले लिलामीमा राखेका छन्। जनप्रतिनिधिले लामो समयसम्म सिलाएका सुट नलगेपछि टेलर्स सञ्चालकले ती सुट लिलामीमा राखेका हुन्।नगरपालिकाले सिरहाकै सनलाइट टेलर्समा सुट सिलाउन दिएको थियो। सञ्चालक विशेश्वर मण्डलले आफ्नो मेहनत खेर जान लागेको भन्दै सुट लिलामीमा राखेको बताएका छन्।‘पटक–पटक फोन गरेर सम्बन्धित व्यक्तिलाई सुट लैजान अनुरोध गरेँ, तर लैजानुुभएन, दसैंसम्ममा नलगे बेचिदिन्छु,’...

सामान खरिद अनियमिताको आशंकामा प्रहरीको कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौँ ।लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैं गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ ।...