जनप्रतिनिधिहरुले सिलाउन दिएको सुट नलिएपछि लिलामीमा राखियो
प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार ११:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।जनप्रतिनिधिले सिलाउन दिएको सुट नलिएपछि लिलामीमा राखिएको छ।सिरहाको कर्जन्हा नगरपालिकाले जनप्रतिनिधिको लागि सिलाउन दिएको सुट नलगेपछि टेलर्स सञ्चालकले लिलामीमा राखेका छन्। जनप्रतिनिधिले लामो समयसम्म सिलाएका सुट नलगेपछि टेलर्स सञ्चालकले ती सुट लिलामीमा राखेका हुन्।नगरपालिकाले सिरहाकै सनलाइट टेलर्समा सुट सिलाउन दिएको थियो। सञ्चालक विशेश्वर मण्डलले आफ्नो मेहनत खेर जान लागेको भन्दै सुट लिलामीमा राखेको बताएका छन्।‘पटक–पटक फोन गरेर सम्बन्धित व्यक्तिलाई सुट लैजान अनुरोध गरेँ, तर लैजानुुभएन, दसैंसम्ममा नलगे बेचिदिन्छु,’ उनले भने।गत वर्षको माघ र फागुनबीचमा कर्जन्हा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत काशीराम गैरेले सिराहाकै अरु नगरपालिकाहरूले नगरसभा–गाउँसभाका लागि जनप्रतिनिधिलाई सुट उपलब्ध गराएको भन्दै मेयर–उपमेयरबाट सुट किन्ने निर्णय गराएका थिए।सुट सिलाउन भन्दै गत वर्ष नगरपालिकाले ६ लाख रकम खर्च गरेको थियो। कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि र नगरप्रमुखका चालक समेतलाई सुट सिलाउन प्रत्येकलाई दस–दस हजार रुपैयाँका दरले ६ लाख रकम निकासा गरेको थियो।
Advertisement