२० करोड अनियमितता आशंकामा प्रहरी बिरुद्द अख्तियार सक्रिय हुँदै
प्रकाशित मिति : २०७६, ८ आश्विन बुधबार १०:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
प्रहरीका हाकिमहरुसँगको मिलेमतोमा ज्ञानेन्द्र बस्नेतको समूहका यी कम्पनीले लागत मूल्यकै हाराहारीमा टेण्डर हालेका छन्। चुस्ताको ठेक्कामा गतबर्ष प्रतिस्पर्धा भएको थियो। यो बर्ष प्रहरीले १ लाख ६९ हजार मिटर चुस्ताको टेण्डर गरेको छ। जसमा सेटिङमा ठेक्का दिएर ३ करोड बढी सरकारलाई नोक्सान पार्न लागिएको छ। यदि गत बर्षको जस्तै प्रतिस्पर्धा भएको भए सरकारी रकम ३ करोड बचत हुने थियो। यो बर्ष ज्ञानेन्द्र बस्नेतकै कम्पनीलाई चुस्तामा प्रतिस्पर्धा नगरी मिलेमतोमा ठेक्का दिन लागिएको छ। जसमा ३ करोड बढी रकम तिर्नुपर्ने भएको छ। चुस्ताको लागतमूल्य प्रतिमिटर भ्याटसहित ५ सय ८५ रुपैयाँ राखिएकोमा बस्नेतको प्लस पइन्टले ५ सय ८२ रुपैयाँमा बोलपत्र पेश गरेको छ। यसरी ५१ करोडको टेण्डरमा सेटिङमा २० करोड अनियमितता हुँदैछ।
ज्ञानेन्द्र बस्नेतहरुले गुणस्तर परीक्षण गर्दा भारतको आइटीएसमा समेत सेटिङ गर्ने गरेको आरोप छ। प्रहरीले कुरियरमा नूमना गुणस्तरका लागि पठाउनुपर्नेमा ठेकेदारलाई नै पठाउने काम गरेको आरोप छ। ठेकेदारले राम्रो पिस छानेर लाने र गुणस्तर पास भएको रिपोर्ट ल्याउने गरेका छन्। प्रहरीको नाममा ठेकेदारलाई गुणस्तर टेष्टमा पठाउने गरिएको गुनासो छ। यसरी गुणस्तर टेष्टदेखि खरिदका हाकिमहरुसम्म सेटिङ गरी प्रतिस्पर्धा नै गर्न नदिई मिलेमतो गर्दा २० करोड रुपैयाँको चलखेल भएको छ। यस्तो खरिदमा गरेको घोटाला हुँदा पनि आइजीपी सर्वेन्द्र खनालले छानबिन नगरेपछि अख्तियारले नै कागजात नियन्त्रणमा लिएको छ। हाम्राकुराडटकम बाट।