नेपालगन्जको बैंकबाटै सेवाग्राहीलाई नक्कली नोट
प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार १८:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपालगन्जको धम्बोझीमा रहेको सिद्धार्थ बैंकबाट सेवाग्राहीले चेक साटेर लिएको १ हजार दरको ५० वटा नोट मध्येबाट एउटा नोट नक्कली फेला परेको हो ।आईतबर चेक साटेर ल्याएको पैसा सोमबार नेपाल ईन्भेष्टमेण्ट बैंकमा जम्मा गर्न जाँदा बैंकले नक्कली नोट भनेर फर्काएपछी सेवाग्राही झसङ्ग भएका थिए। नोट नक्कली भएको जानकारी पाएपछी सेवाग्राही सिद्धार्थ बैंक शाखाका प्रमुखलाई भेट्न पुगे । सिद्धार्थ बैंक शाखाका प्रमुख मेघनाथ ढकालले बैंकबाट नोट लगिसकेपछी अर्को नोट दिन नमिल्ने बताएको ढकाललाई उदृत गर्दै सेवाग्राहीले बताए ।बैंकका शाखा प्रमुख ढकालले सकेसम्म नोट सेवाग्राहीलाई दिदा हेरेर र चेकजाँच गरेर नै दिने गरेको तर चाडवाडको बेला बैंकमा भिडभाड हुने हुँदा बाहिरबाट जम्मा हुने रुपैयाँमा त्यस्तो नोट आएको हुन सक्ने बताए।प्रमुख ढकालले गल्ती कमजोरी बैंककै कर्मचारीको भएको भन्दै उनले भिडभाडको बेलामा ध्यान नदिई सेवाग्राहीलाई भुक्तानी दिदा यस्तो त्रुटी भएको हुनसक्ने भन्दै आईन्दा त्यस्तो त्रुटी हुन नदिने बताए ।सेवाग्राहीले ल्याएको नोट नक्कली भएको आशंका गर्दै नेपाल ईन्भेष्टमेण्ट बैंकले उक्त नोट परिक्षणकालागी राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्रबैंकले उक्त नोट नक्कली भएको प्रमाणीत गरेको हो । साथै राष्ट्र बैंकले नोट समेत जफत गरेको जनाएको छ ।बैंकले सेवाग्राहीलाई भुक्तानी दिदा ध्यान नपुर्याई नक्कली नोट दिदा सेवाग्राही मर्कामा पर्ने गरेका छन ।
Advertisement