बिजनेसमा रहेका समाचारहरु

पाँच करोड ठगीको आरोप बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारीसहित सात जना पक्राउ

काठमाडौं ।नक्कली जग्गाधनी प्रमाणपत्र पूर्जा राखेर बैंकबाट पाँच करोड रुपैयाँ कर्जा प्रवाह गरेको आरोप लागेका बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठसहित बैंकका कर्मचारी किरण बोहोरा, ऋचा श्रेष्ठ, सुष्मा शाह, पुष्पराज भण्डारी, विक्रम पन्त र ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। उनीहरूलाई  राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको ब्युरो प्रमुख निरजबहादुर शाहीले बताए। दुई महिनाअघि श्रेष्ठसहित कर्मचारीको मिलेमतोमा नक्कली जग्गा...

नेपालगन्जमा चार किलो अफिमसहित तीन जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीको अनुसन्धान ब्यूरोको टोलीलेे चार किलो अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरुलाई नेपालगन्जको कान्तिपुर गेष्ट हाउसबाट शनिबार पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रोल्पाको थवांगका दुख रोकाय, जाजरकोट स्थायी घर भई बर्दियाको गुलरिया वडा नम्बर ८ बस्ने बालकृष्ण थापा र डम्बर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।प्रहरीले उनिहरुको साथबाट मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।नेपालमा हाल प्रतिकेजी अफिमको बजार मुल्य करीब ८ लाख रहेको छ । ...

बर्दियामा प्रहरी निरीक्षक ओलीले बरामद गरे २६५ बोरा अबैध केराउ

बर्दिया । बर्दियामा बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ वरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिई गएको प्रहरी टोलीले बर्दिया बढैयाताल गाउँपालिका वडा नं.८ कण्ठपुर चोक मुनाल बस्ती स्थित सडक बाटो छेउमा भन्सार छली, चोरी निकासी गरी नेपालबाट भारत तर्फ लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको अबैध केराउ २६५ बोरा फेला पारेको हो । बरामद गरीएको केराउ आबश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय...

नेपालगन्जको वडा नं ४ का विभिन्न पसलहरु अनुगमन

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ४ मा रहेका विभिन्न पसलहरु अनुगमन गरिएको छ। वडा अध्यक्ष मो. सफिक बेहनाको नेतृत्वमा  घरेेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुर्ण बहादुर वलीसहित कार्यपालिका सदस्य इन्दिरा शाही, महिला सदस्य मेनका जोशी लगायतको टोलीले वडाका विभिन्न पसलहरुमा अनुगमन गरेको हो। अनुगमनका क्रममा ४ वटा  किराना पसलहरुबाट म्याद गुज्रिएका चाउचाउ लगयातका सामानहरु बरामद गरि नस्ट गरिएको थियो। अनुगमन टोलीले मेडिकल पसलहरुमा समेत अनुगमन गरेको थियो।अनुगमनका क्रममा...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

बिश्व बैंकको छनौटमा पर्यो नेपालगञ्ज उपमहानगरपालिका

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौंटमा परेको छ । विश्व बैङकले नेपालको सार्वजनिक वित्तिय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उप–महानगरपालिकालाई छनौट गरेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।पाईलट परियोजना अन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्ज उप–महानगरपालिकामा सोमबारदेखि अध्ययन सुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. राणा, उपमेयर उमा...

सहकारी संस्थाको ‘रकम अपचलन’ मुद्दा प्रभावित पार्न डिएसपी सापकोटाको सरुवा, डिएसपी सिंह आउँदै

नेपालगन्ज। नेपालगन्जस्थित एक सहकारी संस्थाको ‘रकम अपचलन’ सम्बन्धी मुद्दा प्रभावित पार्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रकाश सापकोटाको राजनीतिक दबाबमा सरुवा गरिएको छ। सहकारी वित्तीय विकास संस्था लिमिटेडको करोडौं रकम अपचलन गरेको अभियोगमा जिप्रका बाँकेले वर्तमान र निर्वतमान कार्यसमिति पदाधिकारी तथा कर्मचारी समेत गरी ३५ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। २०५१ सालमा स्थापना भएको उक्त सहकारीले ग्राहकबाट संकलन गरेको कुल ५२ करोडभन्दा बढी...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा होमबहादुर गुरूङ रहेका छन् । आज केही बेर अघि  हिमालय एयरलाइन्सको जहाजमा दोहाबाट काठमाडौं आएका  गुरूङलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो।आगमन कक्षमा उनको झोला जाँच गर्ने क्रममा सुन फेला परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। प्रहरीले  पक्राउ परेका गुरूङलाई सुनबारे सोधपुछ गरिरहेको छ। ...

एस.आर इन्जिनियरीङ कन्सलटेन्टद्वारा डिपिआर गरिएको क्याम्पसको आधुनिक भवन निर्माण पुरा

नेपालगन्ज । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा आधुनिक भवन निर्माण सम्पन्न भएको छ।  नेपालगन्जको एस.आर इन्जिनियरीङ कन्सलटेन्टद्वारा डिपिआर लागायत सुपरीबेक्षण गरेको भवनको निर्माण रोयल कन्स्ट्रक्सन कम्पनी धनगढीले गरेको हो। आधुनिक शैलीमा निर्माण भएको भवन अपाङ्गमैत्री, भुकम्प प्रतिरोधक रहेको एस. आर इन्जिनियरीङ कन्सलटेन्टका प्रमुख प्रबन्ध निर्देशक सुरेन्द्र बोहराले बताए। यस भेगकै शैक्षिक छेत्रमा आधुनिक तरिकाबाट ४ करोड ९२ लाखमा निर्माण भएको आधुनिक भवनलाई अब केही दिनमा क्याम्पसलाई हस्तान्तरण गरिने भएको छ।...