बिजनेसमा रहेका समाचारहरु

विकास साझेदारहरूले नेपाललाई झुक्याए, ६ अर्ब दिएनन्

काठमाडौं, २ बैशाख ।  विकास साझेदारहरूले नेपाललाई झुक्याएका छन् । स्विट्जरल्यान्ड, जर्मनी, जापानलगायत द्विपक्षीय विकास साझेदारहरूले नेपालको विकास निर्माणमा सहयोग गर्न ऋण तथा अनुदान सम्झौता गरे पनि प्रतिबद्धताअनुसार रकम प्रदान नगरेका हुन् । ‘आर्थिक वर्ष ०७३/७४ मा १३ वटा विभिन्न द्विपक्षीय संस्थाबाट ५ अर्ब ४३ करोड २६ लाख अनुदान र ५५ करोड ऋण गरी पाँच अर्ब ९८ करोड २६ लाख रुपैयाँ दिने प्रतिबद्धतासहित सम्झौता भएको थियो तर दिएनन्’, महालेखाको प्रतिवेदनमा...

तीन बर्ष बितिसक्दा पनि निर्माण हुन सकेन “सिंहदरबार”

छविलाल बगाले, काठमाडौं, ३० चैत । चन्द्रशम्शेरले निजी आवासका लागि एक बर्षमा निर्माण गरेको सिंहदरबार गणतन्त्रमा भत्किएको तीन बर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन् । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सिंहदरबारको पश्चिमी मोहडा भत्किएको हो । सरकारले भूकम्पले क्षतिग्रस्त बनाएको तीन बर्ष बित्दा पनि सिंहदरवारको पुनःनिर्माण सुरु गरेको छैन । भत्काउने कि प्रवलीकरण गर्ने भन्ने बहसले पुरातात्विक महत्वको सम्पदा सिंहदरवारको पुनःनिर्माण धकेलिदै गएको हो । सिंहदरवार परिसरको मुख्य...

रनर मोटरसाईकल ल्यायो नँया बर्षको बिशेष योजना

नेपालगन्ज,३० चैत्र।नेपालमा नयाँ बंगलादेशी उत्पादन रनर मोटरसाइकलले नँया बर्ष बिशेष अफर दिएको छ। नेपालको आधिकारिक बिक्रेता रमन मोटर्सले ग्राहकहरुको लागी नँया बर्षमा नँया अफरको बिशेष प्याकेज लिएर आएको छ। छोटो समय मा राम्रो गति लिएको रनर मोटरसाईकलले १५० सिसी मोटरसाईकलमा २०००० सम्मको छूट दिएको आधिकारिक बिक्रेता रमन मोटर्सको डिलर पार्टनरका रुपमा लक्ष्मी ट्रेड लिंक नेपालगन्जले बताएको छ।” छोटो समायमा यस कम्पनीको बाईकले राम्रो बाजार लिएको छ, अब हामीले नँया ग्राहकहरुको...

डडेल्धुरामा प्रदेश ७ कै ठूलो शीतभण्डार सञ्चालनमा

डडेल्धुरा, ३० चैत । डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् । अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षेत्रीय निर्देशक गोकर्णराज अर्यालले उद्घाटन गरेका हुन् । विसं २०७४ वैशाखभित्र सम्पन्न गर्ने सम्झौता भए पनि करीब १ वर्ष ढिलो गरी शीतभण्डारको निर्माण सम्पन्न भएको हो...

कर्णालीका जनताले छिट्टै हवाइजहाज सुविधा पाउने

डोल्पा, २९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले वर्षौदेखि हवाइ सास्ती खेप्दै आएका कर्णालीका जनताले छिट्टै हवाइजहाजको सहज सुविधा पाउने बताउनुभएको छ । प्रधानमन्त्रीको त्रिपुरासुन्दरी भ्रमणको व्यवस्थापनका लागि गृहजिल्ला आउनुभएका राज्यमन्त्री बुढाले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै अब डोल्पाली जनताले पूर्णरुपमा सरकारको सेवा महसुस गर्ने गरी हवाइ उडान र पर्यटनको विकास हुने जिकिर गर्नुभयो । नेपाल एअरलाइन्सको उडान थप गर्नाका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा...

पूर्वप्रधानन्यायाधीश कल्याण र सुशीलाद्वारा सरकारी सम्पत्तिको दुरुपयोग !

काठमाडौं, २९ चैत । आफूलाई सदाचारी तथा आदर्शवादी पात्रका रूपमा प्रस्तुत गर्दै आएका सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीले सरकारी सम्पत्तिमा रजाइँ गर्दै आएका तथ्य फेला परेको छ । पदबाट अवकाश भएको दुइ वर्ष बिते पनि श्रेष्ठले सरकारी सुविधाअन्तर्गत प्रधानन्यायाधीशलाई दिने गाडी हालसम्म प्रयोग गरिरहेका छन् । करिब २ करोड मुल्यको टोयोटा जीप उनले प्रयोग गर्दै आएको सुइँको पाएपछि २ वर्षपछि सर्वोच्च अदालतका कर्मचारीहरूले कब्जामा लिएका हुन् । श्रेष्ठले आफ्नो...

अवैध भारु नोटका कारोबारी प्रहरी नियन्त्रणमा

काठमाडौं, २९ चैत । भारतले प्रतिबन्ध लगाएको हजार र पाँचसय दरका आइसी नोटको अवैध कारोबार गरिरहेको अवस्थामा दुई व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । राजधानीको लाजिम्पाट इलाकामा अवैध भारुको कारोबार भएको सूचना प्राप्त भएपछि प्रहरीले विशेष अनुसन्धान गरेको थियो । सो क्रममा मोरङका ५३ वर्षीय सुनिलदेव बैश्य र नुवाकोटका ५० वर्षीय चेतबहादुर नेपाली सबुतसहित प्रहरी फन्दामा परेका हुन् । उनीहरुको साथबाट प्रहरीले हजार दरका आईसी थान २२७६ र...

राराको पूर्बाधार विकास विना नै पर्यटन बर्षको तयारी

नेपालगन्ज, २९ चैत । मुगुको रारा तालबाट पर्यटन बर्ष शुभारम्भ गरिने भएको छ । ‘कर्णाली समृद्घिको आधार : पर्यटनको पूर्वाधार’ भन्ने मूल नारासहित सुरु हुन लागेको पर्यटन बर्षको तयारीका लागि कर्णाली प्रदेश सरकारले तयारी तिब्र पारेको छ । २०७५ बैशाख १ गते मुगुको रारा तालबाट पर्यटन बर्ष शुभारम्भ गरिने योजनाका साथ कर्णाली प्रदेश सरकार यतिबेला आन्तरिक तयारीमा जोटेको हो । कर्णाली प्रदेशको विकासका लागि राराबाट शुरु गरिने पर्यटन प्रवर्दनको कार्य...

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर घुससहित पक्राउ

काठमाण्डौ, २७ चैत्र।काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारी र  इन्जिनियर विजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । नगरपालिकाको ३ नम्बर वडाको वडा कार्यालय नजिकै सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार राति रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट बुझेकाे घुस वाफतकाे रकम रु ५ लाख इन्जिनियर विजेन्द्र श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत लिला अधिकारीलाई बुझाउँदै गर्दा अख्तियारकाे टोलीले पक्राउ गरेकाे थियो । हिमालय टिभी। ...

अब सहकारी स्थानीय तह मातहत

नेपालगञ्ज चैत्र २५ । बाँकेका सहकारी अब स्थानीय तह मातहत आएका छन् । स्थानीय तहका पदाधिकारीलाई आज एक समारोहबीच सहकारीको अभिलेख हस्तान्त्रण गरिएको छ । सहकारी तथा डिभीजन कार्यालय नेपालगञ्जद्धारा आज आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको दुई दिने अभिमुखीकरण तथा स्थानीय तहमा अभिलेख हस्तान्त्रण कार्यक्रममा सम्पूर्ण रेकर्ड जनप्रतिनीधीलाई प्रदान गरियो । जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र चौधरीले बाँकेका आठ वटै तहका पदाधिकारीलाई अभिलेख हस्तान्त्रण गर्नु भयो । बाँकेमा...