नेपालगन्ज उपमहानगरको सडक निर्माण ठेक्का मिलोमतोमा
प्रकाशित मिति : २०७४, २२ चैत्र बिहीबार १८:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, २२ चैत्र । सार्वजनिक खरिद ऐनको उलंघन गर्दै नेपालगन्ज उपमहानगरपालिकाले ठेकेदारसंगको मिलोमतोमा सडक निर्माणको ठेक्का दिएको खुलेको छ ।
वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिकाले सौरभ कन्स्ट्रक्सनलाई ६ लाख ४७ हजार ९ सय ८४ र दुर्गा निर्माण सेवालाई ६ लाख ५० हजार ४ सय रुपैया बराबरको निर्माण ठेक्का दिएको हो ।
उपमहानगरपालिकाका इन्जिनियर सुरजकुमार गुप्ता र गोविन्द महतरा लगायतको समितिले यी दुई निर्माण कम्पनीलाई मिलोमतोमा ठेक्का दिएको खुलेको हो ।
Advertisement
सुरज गुप्ता
उपमहानगरपालिकाको वडा नम्बर १ मा सडक निर्माण तथा ग्राभेल गर्ने कार्यका लागि माघ ७ गते टेन्डर आह्वान गर्दा इशा कन्स्ट्रक्सन प्रा.लि.को मात्र शिलबन्दी बोलपत्र परेपछि पुन: माघ १० गतेका लागि दोश्रो पटक टेन्डर आव्हान गरिएको थियो ।
पहिलो पटक शिलबन्दी बोलपत्र दर्ता गरेको इशा कन्स्ट्रक्सनलाई प्रतिस्पर्धामा सहभागि नगराई इन्जिनियर गोविन्द महतरा नेतृत्वको मुल्याकंन समितिले दोश्रो पटकका सहभागि सौरभ कन्स्ट्रक्सन र दुर्गा निर्माण सेवालाई ठेक्का दिने निर्णयले आशंका उब्जाएको छ ।
पहिलो पटकको टेन्डर आह्वानमा शिलबन्दी बोलपत्र दर्ता गरेको इशा कन्स्ट्रक्सनलाई दोश्रो पटकको प्रतिस्पर्धामा सहभागि नगराउनुमा कानुनको उलंघन भएको देखिन्छ ।
दोश्रो पटकको टेन्डर आव्हानमा पुन: शिलबन्दी बोलपत्र दर्ता गर्नु पर्छ कि पर्दैन भन्ने जिज्ञासामा इन्जिनियर गोविन्द महतराले ‘पर्दैन तपाईको बोलपत्र आवेदन पनि समावेश गरिन्छ भन्ने जवाफ दिएको इशा कन्स्ट्रक्सनका अध्यक्ष विनय भण्डारीले बताए।’
भण्डारीले भने ‘इन्जिनिर महतरासंग हामी नियमित सम्पर्कमै थियौ तर उहाँहरुले निर्णय गर्दा हाम्रो शिलबन्दी बोलपत्र आवेदन नै खोलेनन्’ बैंक ग्यारेन्टीको म्याद पुगेको अवस्थामा शिलबन्दी बेलपत्र खारेज नहुने व्यवस्था पनि छ।
ठेक्का अर्कैलाई दिइसकेपछि आफ्नो धरौटी फिर्ता लिन नगरपालिका पुग्दा इन्जिनियर गोविन्द महतराले धेरै सताएको भण्डारीले दुखेसो पोखे । कहिले फाइल लुकाइदिने, कहिले भउचरको प्रतिलिपी हरायो भन्ने लगायतका विभिन्न खाले तनाव महतराले दिएको भण्डारीको भनाई छ ।
इशा कन्स्ट्रक्सनले न्युनतम् मुल्यमा काम गर्नका लागि विड हालेको दाबी गर्दै भण्डारीले भने ‘ सम्पूर्ण रित पुर्याई प्रतिस्पर्धामा आएको कम्पनीलाई वाइपास गरेर मिलोमतोमा फरक कम्पनीलाई टेन्डर दिइनु सार्वजनिक खरिद ऐनको उलंघन हो र यो नीतिगत भ्रष्टाचार हो ।
इशा कन्स्ट्रक्सनका इन्जिनियर बिराट भण्डारीले कारणवस दोश्रो पटक टेन्डर आव्हान गर्दा पहिले दर्ता भएको आवेदनलाई पनि गणना गर्नु पर्ने कानुनी व्यवस्था भएको दाबी गरे तर, नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीले अनुचित स्वार्थ पुरा गर्न विधि र कानुनको उलंघन गरेको बताए । उनले भने ‘सार्वजनिक खरीद ऐनमा न्युनतम् मुल्यमा काम गर्न चाहने निर्माण कम्पनीले नै ठेक्का पाउने ब्यवस्था छ । कसको आवेदनमा कति मुल्य छ भन्ने विषय हेर्नका लागि शिलबन्दी बोलपत्र खोल्नु पर्छ,’ तर नगरपालिकाले इशा कन्स्ट्रक्सनको शिलबन्दी बोलपत्र किन खोलेन् ?
गोबिन्द महतरा
दर्ता भएका शिलवन्दी बोलपत्रलाई उपमहानगरपालिकाको प्राविधिक टोली र सरकारी कर्मचारी प्रतिनिधि भएको समितिले खोल्ने प्रावधान छ । दर्ता भएको एउटा बोलपत्र शिलवन्दीकै अवस्था राखिनु र अन्य दुईवटा कम्पनीलाई ठेक्का दिनुले भ्रष्टाचारको आशंकालाई बल पुर्याउछ ।
पीडित इशा कन्स्ट्रक्सनका अध्यक्ष विनय भण्डारीले उपमहानगरपालिकाले ठेक्कामा गरेको अनियमितताको छानविनका लागि मंगलवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर कार्यालयमा उजुरी समेत दिएका छन ।
ठेक्काका प्रक्रियाहरु कानुन बमोजिम भएको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेलको भनाई छ । इन्जिनियर सुरज गुप्तालाई ९८४८१०४३०० मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।