प्रदेश ५ ले २५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रकाशित मिति : २०७४, १९ चैत्र सोमबार १२:५५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १९ चैत्र । प्रदेश ५ सरकारले आगामी आइतबार चैत्र २५ गते चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सो दिन आयोजित प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
Advertisement
केन्द्रले प्रदेश सरकारका लागि यो वर्ष १ अर्ब २ करोड ५ लाख रकम पठाएको छ । सो बजेटको सीमाभित्र रहेर नीति तथा कार्यक्रम तयार पारिएको प्रवक्ता चौधरीले बताउनुभयो । यो बजेटको धेरै हिस्सा भने सांसद् तथा मन्त्रीको तलब भत्तामा खर्च हुनेछ । बाँकी रकम योजना अध्ययन, रुकुमको सिस्ने हिमालदेखि बर्दियाको राष्ट्रिय निकुञ्ज र लुम्बिनीमा पर्यटन प्रर्वद्धन र स्थानीय तहका केन्द्रदेखि प्रदेश जोड्ने सडकको स्तरोन्नतिमा खर्च गर्ने सरकारको तयारी छ ।