आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु
नेपालगन्ज।आठौं राष्ट्रिय खेलकुदको महिलातर्फको हक्की खेल बाँकेको खजुराकाे शुक्रमाविमा शनिवार शुरु भएको पहिलो खेलमा नेपाल आर्मी क्लव र प्रदेश नं. ३ बीचको खेल ९-० गोल गर्दै नेपाल आर्मीले जित हात पारेको छ।६० मिनेटको खेलमा आर्मीले ९ गोल गर्दै जित हात पारेको हो । खेल अबधीभरी आर्मीले १२ पटक पनाल्टी कार्नर पाएको थियो। नेपाल आर्मीका १० नं.जर्सीकि सीता मायाले १ मिनेटमा गोल गरेर खाता कोलेका थिईन भने जर्सी नं....
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो फेन्सिङ प्रतियोगितामा ६ वटा स्वर्ण पदक जितेर त्रिभुवन आर्मी क्बल च्याम्पियन भएको छ । आर्मी डिफेन्डिङ च्याम्पियन पनि हो । फेन्सिङका मुख्य प्रशिक्षक अभिषेक कार्कीका अनुसार प्रतियोगिताको शनिबारसम्मको नतिजामा आर्मीले सर्वाधिक ६ वटा स्वर्ण छ । प्रदेश ३ ले ३ स्वर्ण तथा एपीएफ क्लबले दुई स्वर्ण हात पारे । शनिबारको खेलमा फोइल पुरुष समूहमा आर्मीले प्रदेश ३ लाई ४५–२२ को अन्तरले पराजित ग¥यो । त्यसैगरी...
नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलका खेल बिहान र साँझमा हुने भएका छन् । तराईमा हुने चर्को गर्मीलाई ध्यानमा राख्दै पुरुष फुटबलका खेलहरु बैशाख ४ गतेबाट ११ गतेसम्म दुई सत्रमा सञ्चालन गर्न लागिएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष फुटबल खेल बिहान साँढे ७ र बेलुकी ४ बजे पछाडी सञ्चालन गरिने जानकारी दिएको छ । पुरुष फुटबलका खेलहरु बुटवल र नेपालगञ्ज रंगशालामा हुनेछ । समुह ए मा नेपाल...
दाङ/ लक्ष्मण बस्नेत।आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको घोराहीमा संचालित आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको टेवल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । प्रतियोगिताका सात स्पर्धामा शसक्त र शानदार प्रर्दशन गरेको पुलिस ६ स्वर्ण ३ रजत र १ कास्य पदक हात पार्दै राष्ट्रिय टेवल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो । त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५...
नेपालगन्ज ।पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो पटक जितेको हो । प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिश गुरुङले ३९ औँ मिनेटमा गोल गरे। २५ नं. जर्सीका दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए । लगातार तेस्रो जित निकाल्दै प्रदेश ५ सेमिफाइनलमा प्रबेश गरेको हक्कीका...
खजुरा( बाँके )।आठौ राष्ट्रिय खेलकु अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला पुरुष बक्सिङ्ग खेल शुक्रबार रातिदेखि सुरु भएको छ । प्रतियोगितमा पहिलो दिन महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् । बक्सिङ्गका मुख्य निर्णायक दिपक महर्जनले दिएको जानकारी अनुसार शुक्रबार राती भएको खेलमा लाईट फलाई ४९ तौल समुहमा कर्णाली प्रदेश कि अनु नेपालीले प्रदेश ५ कि रिता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरिन...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत शुक्रवार भएको पुरुष हक्की प्रतियोगितामा गण्डकी प्रदेश र प्रदेश नं. २ ले बराबरी अंक बाँडेका छन् । प्रतियोेगितामा गण्डकी प्रदेशका खेलाडी राजन नेपालीले खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरे । उत्रीय पनि खेलको अन्यतिर प्रदेश नं. २ का अर्जुन खड्काले ५१ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकियो । त्यसैगरि शुक्रवार विहान भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव ३–० गोलले विजयी भएको छ ।...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे शुक्रबार नेपालगञ्जमा मिडिया कार्यशाला गरिएको छ । बाँकेमा हुन लागेको खेल महोत्सवलाई सफल, मर्यादित बनाउन शुक्रबार पत्रकारहरुबीच मिडिया कार्यशाला गरिएको हो । खेल महोत्सवको प्रचार प्रसार, पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, आम दर्शकको हुने धारणा, समाचार संकलन लगायतका बिषयमा कार्यशालामा छलफल गरिएको छ । कार्यशालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारका निम्ति छुट्याईएको रकमको सदुपयोग गर्ने बारे समेत जानकारी गराएको छ । कार्यशालालाई खेल पत्रकार तथा...
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्वास्थ्य उपसमितिले खेलपिच्छे स्वास्थ्य सेवा दिन थालेको छ । उपसमितिले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी प्रत्येक खेलस्थलमा चिकित्सक, स्वास्थ्यकर्मी, मेडिकल टिम, औषधी र एम्वुलेन्ससहित प्राथमिक उपचार सेवा खेल अवधिभर दिन थालिएको संयोजक उपेन्द्रकुमार पौडेलले जानकारी दिए । खेलाडीहरुलाई चोट पटक लाग्ने बित्तिकै उपचार पाउने गरी विभिन्न अस्पतालहरुमा चिकित्सकको टोली तयारी अवस्थामा रहेको पौडेलले बताए । खेलाडीको स्वास्थ्य अवस्थालाई ध्यान दिदै रंगशालाको पौडी पोखरीमा मेडिकल सेन्टर सन्चालन...
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश ३ की भावना सुनुवार र गण्डकीकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन् । भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् । कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश ३ की मन्जिला मगरलाई ११–३, ११–२ र...